Wednesday 24th September 2025

स्रष्टा परिचयको साथमा एक रचना, भाग – २८


स्रष्टा परिचय

नाम ः भवानी न्यौपाने ‘भावना’
पिता ः पवित्रराज न्यौपाने
माता ः विमला न्यौपाने
श्रीमानः कपिल रेग्मी
छोराछोरी ः वर्षा रेग्मी, विवेक रेग्मी
जन्म ः हिवल्चा, सल्यान
स्थायी ठेगाना – ः तुलसीपुर-५, ‘ग’ लाइन दाङ
शिक्षा ः बि. एड
पेशा ः शिक्षण
भ्रमण ः नेपाल, भारत
प्रकाशित कृतिः ‘
१- भावनाका बिम्बहरू कवितासङ्ग्रह- २०७२,
२- भावनाका उद्भास छन्दोबद्ध कविता संग्रह २०७३
२-भावनाका वहर वाटिका वहरबद्ध गजल सङ्ग्रह २०७४
प्रकाशोन्मुख कृतिहरुः १ छन्द कविता सङ्ग्रह
२-कथा संग्रह
३-मुक्तक सङ्ग्रह
आबद्धता ः नेपाल श्रष्टा समाज काठमाडौं -आजीवन सदस्य
दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान -आजीवन सदस्य
पल्लव साहित्य प्रतिष्ठान, चितवन -आजीवन सदस्य
राप्ती साहित्य परिषद्, दाङ -आजीवन सदस्य
नुवाकोट साहित्य प्रतिष्ठान आजीवन सदस्य
लेखक सङ्घ, दाङ -आजीवन सदस्य
देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च, दाङ -आजीवन सदस्य
ब्रह्म कुमारी राजयोग विश्वविद्यालय, दाङ -आजीवन सदस्य
पुरस्कार तथा सम्मान ः
– नारी दिवस-२०६९, १-वक्तृत्वकला जिल्लास्तरीय प्रतियोगिता -द्वितीय
२ – कथा, क्याम्पस स्तरीय प्रतियोगिता-२०६० -प्रथम
३ -लेखक संघबाट जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम २०७३
४- दाङ साहित्य संस्कृति प्रतिष्ठानबाट छविलाल स्मृति पुरस्कार-२०७१, तुलसीपुर
५ – पालुङ साहित्य परिषद, पालुङ, मकवानपुरबाट- ‘पालुङ साहित्य सिर्जनशील नारी स्रष्टा सम्मान- २०७२ ।
६- नुवाकोट साहित्य प्रतिष्ठान, नुवाकोटबाट ‘महामण्डल युवा प्रतिभा सम्मान २०७२
७- लेखक संघ दाङ, घोराही दाङबाट ‘मञ्जु राणा स्मृति साहित्य सम्मान- २०७२
८ – राप्ती साहित्य परिषद बाट विश्णु नुमा साहित्य पुरस्कार २०७२
९- नवलपरासीबाट नारी साहित्य सम्मान २०७२
१०- ओखलढुंगा बाट नमस्ते साहित्य सम्मान २०७२
११-राष्ट्रिय नागरिक समाज काठमाडौंबाट राष्ट्रिय शिक्षा तथा साहित्य सम्मान २०७२
१२- भारत उत्तर प्रदेशको बस्ती राज्यको रुद्रा जनकल्याण साहित्य परिषदबाट अन्तर्राष्ट्रिय गौरव साहित्य सम्मान २०७२
१३- नेपालगन्जबाट अलाउद्दिन साहित्य सम्मान -२०७२
१४-गजल अभियान दाङबाट कदर पत्र -२०७२
१५- भारतबाट -शान्ति देवी स्मृति अन्तर्राष्ट्रिय साहित्य गौरव सम्मान २०७३।
१६-पश्चिमी साहित्यिक आवाज प्रतिष्ठानबाट सर्जक सम्मान २०७४
१७-राष्ट्रिय लोक दोहरी प्रतिष्ठान नेपालबाट- स्रष्टा सम्मान २०७४
१८-दुख निवारण महायज्ञबाट -उत्कृष्ट सर्जक सम्मान २०७३
१९-राष्ट्र शान्ति अभियान नेपालबाट -राष्ट्र शान्ति रत्न सम्मान २०७५
२०-नुवाकोट साहित्य प्रतिष्ठानबाट -कमलादेवी तथा जननिधि गजुरेल स्मृति सम्मान २०७५
२१-कपुरकोट शैक्षिक तथा धार्मिक महोत्सवबाट साहित्य सम्मान २०७५
२२-कृषि पर्यटन तथा सांस्कृतिक व्यापारिक महोत्सवबाट-साहित्य सम्मान २०७५
२३-तुलसीपुर वृहत् साहित्य उत्सवबाट- स्रष्टा सम्मान २०७५।
राष्ट्रिय अनलाइन गजल प्रतियोगिता सुदुर पश्चिम २०७४- द्वितीय पुरस्कार।

रचना
आमा!

आमा मेरी विमल दिलकी स्नेह वात्सल्य खानी
हुर्केँ तिम्रै मृदुल रसिलो काख शय्या सिरानी
पाएँमैले अमृत सरिको पोषिलो दुग्ध धारा
के पो सक्थेँ अतुल ऋण त्यो तिर्न सम्पूर्ण भारा।।

तिम्रै आशीर्वचन ममता साथ पाएर आज
बढ्दै जाँदा प्रगतिपथमा साथ पाएँ समाज
आए कैयौं पनि यदि भने विघ्न बाधा तगारा
पन्छाएरै अघि अघि बढूँ ज्ञान तिम्रै सहारा।।

जन्मेका हौँ यस भुवनमा गर्न कर्तव्य पूर्ण
ईर्ष्या तृष्णा प्रकृति नरहोस् कार्य बन्छन् अपूर्ण
शुद्दात्मा वा शुभ ह्रुदयका व्यक्तिले साथ दिन्छन्
बन्दा ज्ञानी यस अवनिमा भाग्यले मात्र मिल्छन्।।

आमा तिम्रा वरद कर ती माथमा राक्गिदेऊ
देवी मेरी हरपल यहाँ ज्ञान सद्भाव देऊ
पाएँ मैले शिशुवय छँदा शुद्द संस्कार पैले
सम्झी सम्झी गति अघि बढोस् चाहना राख्छु मैले।।

कोही मान्छे यस भुवनमा कीर्ति राखेर जान्छन्
कोही मान्छे कलुष मनका दाग राखेर जान्छन्
आमा देऊ विकल दिलमा शान्ति सन्देश खासा
छोरी सम्झी अवगुण भए माफ होस् यै छ आशा।।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...