Monday 30th March 2026

शीत काव्य समाज दोस्रो वर्षमा प्रवेश, दुई कृति लोकार्पण


नारायण कोइराला – शीत काव्य परिकल्पना दोस्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्ष अघि पाल्पाबाट शीतको जन्म भएको थियो । शीत काव्य समाज नेपाल पाल्पाले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दोस्रो वर्ष मनाएको छ । यस अवसरमा समाजले दुई वटा कृति लोकार्पण गरेको छ । शीत काव्य समाज पाल्पाकी अध्यक्ष तथा कवयित्री इन्दिरा ज्ञवाली पौडेलको शीत काव्य संग्रह ‘शीत इन्दु’ र कवयित्री शारदा ज्ञवाली ढकालको ‘आँशु’ शीत काव्य संग्रह लोकार्पण भएको हो । उक्त कृतिको प्रमुख अतिथि तथा साहित्यकार छन्द कवि छवि घिमिरे बैरागी, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिं, शीत काव्यका परिकल्पनाकार तथा समाजका केन्द्रीय अध्यक्ष पुष्कर अथक रेग्मीले संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।

कृतिको लोकर्पण गर्दै प्रमुख अतिथि घिमिरेले साहित्यको विकासमा शीतले इटा थप्ने काम गरेको बताए । उनले शीत काव्यतर्फ धेरै श्रष्टाहरुको आकर्षण बढ्दै गएको भन्दै त्यसलाई थप व्यवस्थित र संगठीत गरेर लैजाने विषयमा शीत काव्य समाजले ध्यान दिनुपर्नेमा जोड दिए । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंले छोटो समयमै पाल्पाको साहित्य क्षेत्रमा शीत काव्य समाजले महत्वपूर्ण योगदान पु¥याएको बताए । शीत काव्यका परिकल्पनाकार पुष्कर रेग्मीले छोटो समयमा धेरै शीत कृतिहरु प्रकाशित गर्न आफुहरु सफल भएको बताए ।

कार्यक्रममा शीत ईश्वर कृष्ण बहादुर केसी, साहित्यकार तथा त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंक भट्टराई, साहित्यकार माधव विडारी, दामोदर ढकाल, समाजका सल्लाहाकार रमा पन्त, पोखराथोक साहित्य संगमका अध्यक्ष हरी भट्टराई, रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा लगायतले शीत सिर्जना गर्ने श्रष्टाहरु दिनप्रतिदिन बढ्दै गएकोमा खुसी व्यक्त गर्दै लेखकहरुको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा समिक्षक कमल खत्रीले आँशु शीत काव्य र टंक पन्तले शीत इन्दु काव्यको समीक्षा गरेका थिए । उनीहरुले दुवै कृति पठनीय, संहग्रनीय रहेको बताए । उनीहरुले लेखकलाई शुभकामना दिदैँ त्यस भित्र जोडिएका विषयवस्तु पाठकको मन जित्ने खालको रहेको बताए । सोही अवसरमा काव्यका लेखक इन्दिरा ज्ञवाली पौडेल र शारदा ज्ञवाली ढकाललाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा गायिका विष्णु पन्तले शीत सम्बन्धी गीत गाएर सबैलाई स्वागत गरेकी थिइन् । समाजका उपाध्यक्ष गुणवती केसीको अध्यक्षता, सह– सचिव सविता भट्टराईको स्वागत र सचिव सुशील बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
-शितलपाटी डट कम बाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...