Wednesday 15th July 2026

मेचीकाली सामुहिक बचत कोषले १४ औं वार्षिक उत्सव भव्यताका साथ मनायो


तीतोपाटी – मेचीकाली सामुहिक बचत कोषले १४ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । कोषले हिजो १० जुन २०२२ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाककक्षमा कोषमा आवद्ध दाजुभाइ तथा दिदीबहिनीहरूलाइ भेला जम्मा गरेर शुभकामना आदान प्रदान, सदस्यता सम्मान तथा भोजको आयोजना गरेर १४ औं वार्षिक उत्सव मनाएको हो ।

कोषका अध्यक्ष राजन श्रेष्ठको सभाध्यक्षता एवं कोषका संरक्षक, सल्लाहकार तथा कोषमा आवद्ध अधिकांश सदस्यहरूको उपस्थितिमा १४ औं वार्षिक उत्सव विशेष केक काटेर कार्यक्रमलाइ उल्लासमय बनाइएको थियो भने शुभकामना आदान प्रदान गर्ने क्रममा वक्ताहरूले कोषले सामुहिक बचतको अवधारणका साथ कुवेतमा कार्यरत नेपालीहरूलाइ समेटेर बचत कोष संचालन गरी सदस्यहरूको आर्थिक उन्नतीको लागि कार्य गरेकोमा प्रसंशा गर्दै आजको बचतले भोलिको सुनिश्चितता हुने भएकोले यसलाइ अझ व्यवस्थित गरि प्रवासमा रहुन्जेल मात्रै बचत गर्ने कार्य नगरि स्वदेशमा फर्केपछि समेत यस कोषसंग कारोबार गर्न मिल्ने गरि एउटा वित्तिय संस्थाको रूपमा कोषलाइ विकास गर्नु पर्ने सुझाब दिएका थिए ।

विगत १४ वर्षदेखि कुवेतलाइ कर्मथलो बनाएर बसेका आप्रवासी श्रमिकहरूलाइ समेटेरे सामुहिक बचतको अवधारणा अनुसार सदस्यहरूबाट बचत संकलन गरि आवशयक परेका सदस्यहरूमा सेवार्थ रकम लगानी गर्दै आएको यस कोषले यस पटक कोषमा आवद्ध भएर विशेष योगदान दिने ४ जना सदस्यहरू देवी पौडेल, सुनिता तामाङ, हर्क बस्नेत र लक्ष्मी तामाङलाइ दोसल्ला तथा सम्मान पत्रका साथ सम्मान गरेको थियो भने कोषमा आवद्ध सबैलाइ खादा ओढाएर प्रसंशा गरेको थियो ।

महासचिव मिलन तामाङको संचालन र कोषाध्यक्ष मित्रभक्त आचार्यले आर्थिक विवरण पेश गरेको उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष श्रेष्ठले प्रवासमा सानो कमाइमा काम गरिरहेका श्रमिकहरूलाइ ठुला ठुला काम निप्टारा लगाउन कोष सहायकसिद्ध भएको बताउँदै आगामि दिनमा अझ सशक्त रूपमा यस कोषलाइ अगाडि बढाउन सबै सदस्यले इमान्दारीता र पारदर्शिता देखाउनु पर्ने भन्दै १४ औं वार्षिक उत्सव कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गर्न प्रत्यक्ष/परोक्ष रूपमा सहयोग गर्नु हुने सबैलाइ धन्यवाद दिंदै सबैको साथ सहयोग र सल्लाह सुझाब अनुसार कोषलाइ अगाडि बढाइने बताए ।
बिहान १० बजे देखि दिउँसो २ बजे सम्म चलेको १४ औं वार्षिक उत्सव कार्यक्रम दिवाभोजका साथ सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

ब्युनस आयर्स। अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएल ले अन्तर्राष्ट्रिय समुद्री सुरक्षा र क्षेत्रीय तनावबारे कडा अभिव्यक्ति दिँदै आफूहरू “लुटेरा समुद्री डाकूहरूसँग…

ब्रसेल्स। युरोपेली संघ (EU) का सदस्य राष्ट्रहरूमा गत वर्ष ४५ वटा आतंकवादी आक्रमण वा प्रयास भएका र तीमध्ये केही घटनाको…

पेरिस। २०२६ फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि फ्रान्सका विभिन्न शहरमा भएको हिंसात्मक घटनापछि १६० भन्दा बढी व्यक्ति पक्राउ परेका…

प्रतिकृयाहरू
...