Wednesday 15th July 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – २३


स्रस्टा परिचय
नाम : छविलाल खड्का
जन्म मिति : २०२५/१२/२३
जन्मस्थान : रुँघा – ७, रुकुम
बुवा : स्व. भिउदल खड्का
आमा : स्व. भिमकली खड्का
हाल बसाेबास : काेहलपुर नगरपालिका -६, बाँके ।
शिक्षा : स्नातक तह
पेशा : निजामती सेवा ।
पहिलाे प्रकाशित रचना : ‘बहिनीलाई चिठ्ठी’ कविता राप्ती सन्देश २०४५
पहिलाे लघुकथा : ‘काेराेना क्याप्सुल’ २०७७ साउन १० गते मिसन टुडे काेहलपुरमा प्रकाशित ।
प्रकाशित कृति :
१) सहिदकाे सन्देश : लघुकाव्य २०४९
२) बिराैटाे : साइनाे सङ्ग्रह २०७७
३) आशीर्वाद : लघुकथासङ्ग्रह २०७८
४) कविता, गजल, मुक्तक, हाइकु, साइनाे, लघुकथा, समीक्षा आदि रचनाहरु विभिन्न छापा पत्रिका तथा अन्लाइन पत्रिकामा प्रकाशित ।
संबद्धता :
१) हाम्राे पूर्णिमा साहित्य प्रतिष्ठान, काेहलपुर, बाँकेकाे आजीवन सदस्य तथा आख्यान विभाग सदस्य ।
२) राप्ती साहित्य परिषद् शाखा रुकुम पश्चिमकाे आजीवन सदस्य ।


रचना
लघुकथा : अधिकार प्रत्यायाेजन

मतदान कार्य सम्पन्न भयाे ।

मतदाताले आ-आफ्ना नाता, गाेता, वर्ग र पार्टीका उम्मेदवारलाई मतदान गरे । कतिले रहरले गरे । कतिले कहरले गरे । तर गरे । रहर वा कहर के थियाे ? याे गर्भकै कुरा भयाे ।

रामेश्वरले पनि मतदान गरे । पाँच वर्ष पहिले मतदान गर्दाकाे जस्ताे उत्सुकता थिएन, अहिले । मतदान पश्चात् उनी लाेथ्रयाक लाेथ्रयाक गर्दै घर फर्के । मरेकाे बिरालाे काखी च्यापेर ठिमीकाे उकालाे लागे जसरी । घर पुगे । पिंढीमा थ्याच्चै बसे ।

नैराश्यताकाे चरम अवस्थामा देखेर बुढीले बुढालाई साेधिन् – “ए बुढा ! भाेट हाल्न पाउनु भएन कि क्या हाे ?”

“हालें ।”

“किन निराश त ?”

उनी अझ गम्भीर मुद्रामा बाेले – “हेर बुढी ! आगामी पाँच वर्षका लागि फेरि आफ्नै ढाडमा टेकाएर टाउकाेमा हान्ने अधिकार प्रत्यायाेजन गरेर आइयाे । के काे खुसी हुनु ?”


सम्बन्धित शीर्षकहरु

२०० भन्दा बढी देशहरुमा पैसा पठाउने सुविधा अब मुजैनी कुवेतमा मुजैनी एक्सचेन्ज (Muzaini Exchange) र मनीग्राम(Moneygram)ले आधिकारिक रूपमा एक रणनीतिक…

कुनै पनि राष्ट्रको लोकतान्त्रिक विकास केवल संविधान निर्माण, निर्वाचन सम्पन्न हुनु वा सरकार परिवर्तनमा मात्र सीमित हुँदैन। लोकतन्त्रको वास्तविक मापन…

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद अल बुसैदीले मध्यपूर्वमा पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै खाडी राष्ट्रहरूलाई आफ्नो क्षेत्रीय सुरक्षा रणनीति तथा…

प्रतिकृयाहरू
...