Thursday 22nd January 2026

षडऋतु: बुद्ध जयन्ती -शोभा आचार्य गौतम



बुद्ध जयन्ती को
ठूलो छ महिमा
सतमार्ग सचित्त
उनको त्यो बाटो
नेपाल मा जन्म
कठोर त्यो कर्म ।

लुम्बिनी ठाउँ त्यो
बुद्ध को गाउँ त्यो
बिस्वमा प्रसिद्ध
ज्ञान ज्वोति शुद्ध
सुख भोग त्यागी
राज गद्दी छाडी ।

परिबार त्यागी
राता रात उनी
घरबार छाडी
लागे उनी बाटो
सतमार्ग टेकी
शुद्ध चित्त पारी।

कस्तो थियोे ध्यान
कठोर त्यो मन
बिलाशिता त्यागी
दुख अनि सुख
गहिराइ बुझ्दै
शान्ति मार्ग खोज्दै।

रात अनि दिन
एक उनी गर्दै
ध्यान मा बसेर
ज्ञान ज्वोति भर्दै
शान्ति दुत बन्दै
सुख केहो बुझ्दै ।

कठोर ध्यान मा
बसेका रे उनी
निस्किए बनेर
शान्ति अग्र ज्ञानि
उनैको महिमा
छ बिश्व भरिमा।

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...