Monday 30th March 2026

लघुकथाः चुनाव -शोभा आचार्य गौतम


यसो बाहिर निस्किदै थिए, दुई जना महिला एक आपसमा कुरा गरिराखेका थिए ।
एकले अर्को लाई बोलाउदै, ए बिना चुनाव नजिकै आयो हाम्रो समाजका दिदीबहिनी हरुलाई खुबै चुनाव लागेछ बा,अरुबेला नदेखिने नेताहरु अहिले कार्यकर्ता अगाडि पछाडि लाएर चुनाव प्रचार,प्रसार मा खटिनुभाछ। खटिनुनि पर्यो तर बिना तिनै नेता जनताको भोटले जित्छन अनि जितिसकेपछि तिनै जनता
लाई चिन्दैनन।
हो रिना यस्तै हो, तर के गर्ने केही राम्रो काम हुन्छ कि समाजमा भनेर आशले भोट दिनै पर्यो, र यो हाम्रो अधिकार पनि हो।राम्रो नेता अगाडि आए भनि काम पनि गर्लान्, अगाडि पनि देखिराखेकै हो हेर्दै जाउ
केहित होलानी,
मैले सुनिराखेकि थिए, केही प्रतिक्रिया दिन मन लागेन कता कता उनिहरुको कुरा सहि लागेको थियोे ।

अरुबेला मत्लब नगर्ने नेता हिज, आज भोट माग्न घर घर पुगिराखेका छन, हो यो कुरा राम्रो हो तर अरुबेला पनि बेला, बेलामा समाजमा के कस्तो समस्या छ भनेर बुझ्ने अनि तेहिअनुसार काम हरु गर्ने समाजका ब्यबस्थापन हरु बारे बुझ्ने के गर्नु पर्छ परिचालन गर्ने गर्यो भनि त जनता पनि खुसि भएर भोट दिन आतुर हुन्थ्यौ होला तर समस्या जेकोतेछ। अनि फेरि रिनाले अर्को प्रसङ्ग थप्दै भन्छिन् ,
सुनन बिना त्यो घरदैलो कार्यक्रममा एउटा पाटिको मान्छे अर्को पाटीको कार्यक्रममा हिडेका थिए रे ।

मलाई यो कुरा भनी अलि मन परेन, हो पाटीको आ आफ्नै सिद्धान्त छ र फरकफरक सिद्धान्त र बिचार पनि मान्छे पिच्छे फरक फरक छ तर त्यो भन्दैमा एक अर्को पाटीमा हिडनै नहुने त हैननी,मेरो बिचामा पाटी मात्र हेर्ने हैन यदि समाजमा राम्रो काम हरु भईरहेकोछ र जुन पाटीको मान्छे भएपनि समाजको हितको लागी लागी परेको छभनि उसलाई भोट दिदा केफरक पर्छ ,मेरो मनमा यस्तै बिचाार हरु आयो,
आखिरि समाज लाई तेस्तै प्रतिनिधित्व चाहिएको नहो।
यत्तिकैमा उनीहरु आफ्नो बाटो लाग्छन् म आफ्नो बाटो ।

समाप्त ।

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...