Thursday 10th September 2026

षड्ऋतुः आमा -शोभा आचार्य गौतम


आमा

माता तिर्थ औशी
आमाको सम्मान
छनी सधै भरि
मुटु भरि माया
दिन्छुनि सधै नै
पाउ छत्र छाया।

अमर छ शब्द
नमेटिने छाप
बस्छ मन भरि
सधै तिमी लाई
दिन सकु यस्तै
चोखो प्रेम भरि।

बाची राख सधै
अमर अटल
बनी राख सधै
सन्तानको निम्ति
सुमार्ग देखाई
दृस्टी ज्वोति बन्दै ।

अतुलनियछ
कर्तब्य का खात
दिन्छु सधै भरि
मायाका सौगात
आमा लाई सधै
स सम्मान साथ।

संघर्षशिल तिम्रा
ती पाईला हरु
नथाक्ने कहिल्यै
तिम्रा हात हरु
दिन सकु सधै
मेरा साथ हरु।

मायाकी खानी हौ
सन्तान कि प्यारि
आमा तिमी हाम्री
बिश्वासिलि साथी
पुकार्छु ईस्वर
बाची राख भनी।

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...