Friday 7th February 2025

स्रष्टा परिचयको साथमा एक रचना, भाग – २०


स्रष्टा परिचय

वास्तविक नाम:- अम्बिका प्रसाद भण्डारी
साहित्यिक नाम:- सागर भण्डारी “विभोर”
पिता :- गणपति भण्डारी
माता :- उमाकान्ती भण्डारी
स्थाई ठेगाना:- बगनासकाली ६ दर्पूक, पाल्पा
सम्पर्क: [email protected]
साहित्य लेखनमा मेरा विधा:- गजल,मुक्तक, कविता, गीत,हाइकु,उपन्यास

साहित्य प्रति मेरो धारणा:- साहित्यले जीवन र जगतलाई सही अर्थमा परिभाषित गर्छ र परिष्कृत पनि गर्छ। साहित्य समाजको आँखा पनि हो।

मेरो साहित्य लेखन यात्रा:- ८ कक्षामा पढ्ने बेला देखी म भित्रको साहित्य अङ्कुरित हुन थाल्यो र अग्रजका गीत र कविताहरू अध्ययन गर्न थालें र आफुले रचना पनि गर्न थालें तर आफुमा मात्रै सीमित थिए | पछी सामाजिक संजालको बढी प्रयोग हुन थाले पछी र २०७२सालको भूकम्प र त्यस लगतै भारतले अघोषित नाकाबन्दी गरे पछी देश दुःखेको दुःख सङ्गै आफ्ना अनुभूतिहरुलाई परदेशमा बसेर शब्दमा उतार्न थालें र गजल मुक्तक हरू फेसबुकमा पोस्ट गर्न थालें त्यहाँ बाट साहित्यमा अघि बढ्ने हौसला र सिक्ने मौका मिल्यो र आफ्नो परिचय पनि फराकिलो हुदै गए जस्तो लाग्यो ||

पहिलो रचना प्रकाशित:- गोर्खा पत्र राष्ट्रिय दैनिकमा गजल२०७२
प्रकाशित कृति:-
( १)”कोसेलि” सम्युक्त मुक्तक सङ्ग्रह (२०७१) मलेसिया
( २)”मुक्त आकास २” सम्युक्त मुक्तक सङ्ग्रह (२०७२) नेपाल मुक्तक प्रतिष्ठान (इजराइल)
( ३ )”हैसियत ३” सम्युक्त गजल सङ्ग्रह (२०७३) हाम्रो मझेरी साहित्य प्रतिष्ठान
( ४ )”सहकार्य” सम्युक्त गजल सङ्ग्रह (२०७३) हातेमालो साहित्य सङ्गम
( ५)”परिवर्तन” सम्युक्त मुक्तक सङ्ग्रह (२०७४)
( ६ )”हातेमालो स्फुरण” सम्युक्त मुक्तक सङ्ग्रह (२०७४) हातेमालो साहित्य सङ्गम
( ७ )”मुक्तक दर्पण” सम्युक्त मुक्तक सङ्ग्रह (२०७५) नेपाल मुक्तक प्रतिष्ठान (कोरिया)
( ८ )”मुक्तक माधुर्य” सम्युक्त मुक्तक सङ्ग्रह (२०७६) नेपाल मुक्तक प्रतिष्ठान केन्द्र काठमाण्डु
( ९) “मुक्तक मञ्जुषा” सम्युक्त मुक्तक सङ्ग्रह (२०७८) नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखा
( १० ) प्रकाशोन्मुख कृति : “साहित्यपोस्ट मुक्तक प्रतियोगिताका विजयी मुक्तकहरु” सम्युक्त मुक्तक सङ्ग्रह
( अनेकौं पत्र पत्रिकाहरूमा फुटकर लेख रचनाहरू प्रकाशित) )

पुरस्कार/सम्मान/ प्रमाण पत्र:-
( १) विश्वप्यापी खुला मुक्तक प्रतियोगिता, (नेपाल मुक्तक प्रतिष्ठान साखा इजरायल) उत्कृष्ट पाँचौं स्थान (2072)
( २) ५नम्बर प्रदेश स्तरीय गजल प्रतियोगिता , उत्कृष्ट गजल छनोट । (२०७३)
( ३) “परदेशी साहित्य समाज भारत” द्वारा आयोजित खुला मुक्तक वाचन प्रतियोगिता, top १०(२०७५)
( ४ ) “नमुना साहित्य मन्च” द्वारा आयोजित बृहत अनलाइन खुल्ला मुक्तक प्रतियोगिता, top १०(२०७५)
( ५ ) सप्तरङ्गी साहित्य प्रतिष्ठान को साता को उत्कृष्ट पुरुष गजलकार।( २०७६)
( ६) माउन्ट मीडिया द्वारा आयोजित विश्वब्यापी खुला गजल वाचन प्रतियोगिता, सान्त्वना (२०७६)
( ७) सामाजिक सञ्जाल रचनाका मुनाहरू खुला मुक्तक वाचन प्रतियोगिता, top ६| (२०७६)
( ८) ” फोटोमा मुक्तक प्रतियोगिता ५०” स्वर्ण शृङ्खला विशेषाङ्कमा सान्त्वना ( २०७८)
( ९ ) साहित्यपोस्टको खुला मुक्तक प्रतियोगिताको तीसौं संस्करणमा सर्वोत्कृष्ट मुक्तककारको रुपमा चयन ( २०७८ )
( ११) गजल मुशायरा परिवारको गजल प्रतियोगिताको एघारौं हप्ताको विजयी गजलकार
(११) टिकटक लाइवमा पहिलोपटक विश्वब्यापी गजल वाचन प्रतियोगितामा दोस्रो स्थान हासिल गरेर नगद रु पाँच हजार पुरस्कार प्राप्त (२०७८)
(१३) असमेली मुक्तक मन्च भारत मुक्तक वाचन प्रतियोगितामा सातौं स्थान (२०७८)
बिभिन्न सङ्घसंस्थाका कार्यक्रमका मन्च तथा भर्चुवल माध्यम बाट रचना वाचन गरेर सम्मान पत्र प्राप्त

आबद्ध संस्था:-
(१) (आजीवन सदस्य)दधि स्मृति साहित्य समाज कपिलवस्तु
( २ ) बिस्व नेपाली साहित्य महासंघ (साखा साउदी)
( ३ ) परिवर्तन सर्गम साहित्य प्रतिष्ठान नेपाल
( ४ ) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर
( ५ ) नवोदित साहित्यिक वाचनालय कतार
( ६ ) जरो किलो नेपालमै भएको मौलिक रैथाने शक्ति
( ७ ) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रीका च्याप्टर
( ८) गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् केन्या (nrna ncc kenya ) (non resident nepali association national coordination council Kenya)

रचना
कविता “खाडल”

सर्वहारा हरूको छातिलाई
कुरुक्षेत्र बनाएर
लाखौं आमाहरूको मुटु रेटेर
समानताको नारामा
देश कब्जा गरेको थियो

अफसोस आज सम्म
असमानताको खाडलमा
देश झन् झन् भासीदै छ
यो दलदलमा भासीएका
पाइलाहरुले फेरी
बिकल्प खोज्दै छन्

यही हो मौका भनेर
तिनै तानाशाही हरू
फेरी पनि
अनेक रूप रङ्गका साथ
अनेक नाराका साथ
अनेक प्रलोभनका साथ
आउदै छन्
बल्छी थाप्न,
हाम्रो टाउकोमा टेक्न,
यद्यपि हामी माथि
क्रुर शासन गर्न !

विचार गरौँ
यही प्रक्रियाले
त्यही खाडलमा
हामी अझै दबीदै जानेछौं !

खै कुन ब्यवस्थाले
यो दर्दनाक अवस्थाको
परिवर्तन गर्ला?


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...