“पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७८/ १२ /२९
………………………………………….
प्रशिक्षक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
सुशीला पौडेल
सविता के.सी.
चन्द्रावती अधिकारी
सङ्कलक :-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
======================
छब्बिसौँ श्रृङ्खलामा नववर्ष २०७९ को बारेमा, दिएको अनुप्रास र स्थायी राखेर पञ्चाङ्ग बनाउनु अनुरोध गरिएकोमा व्यस्त समयको वावजुद पञ्चाङ्ग पठाउनुहुने सम्पूर्ण स्रष्टाहरू प्रति हार्दिक धन्यवाद ।
अनुप्रास
——
लजाउन , जगाउन , बचाउन , सजाउन ,गलाउन ,हसाउन फकाउन ,सताउन ,कमाउन आदि ।
स्थायी
—–
मन लाग्यो
पञ्चाङ्ग ०१
१
नववर्षमा उज्यालो इच्छा पूरा होस्
नयाँ नयाँ कामहरू मिल्ने कुरा होस्
हार्दिक शुभकामना सबै सबैमा
विसङ्गतिलाई काट्ने लाग्ने छुरा होस्
नयाँ वर्षमा सहमतिको धुरा होस्।
२
तिम्रो त्यो हृदयलाई नै ताला लगाउन मन लाग्यो
नाकमा फुलि हातमा बालाले सजाउन मन लाग्यो
मैले माया गरेँ तिमीलाई आफ्नो बिचार राख्दै भने
आफ्नै सम्झि दिलैमाअधिकार जमाउन मन लाग्यो
अप्सरा जस्तै तिमीलाई सधैँं फकाउन मन लाग्यो ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली”।
पञ्चाङ्ग ०२
सकिन कहिल्यै राम्रो काम गरेर हसाउन पनि
जानिन झुटो बोलेर अर्का जीवन फसाउन पनि
रहर धेरै थिए पुर्याउने कोही अाफन्त थिएनन्
हरेक पल मर्दैबाच्दै सकिन घर बसाउन पनि
सम्बन्धमा धमिरा थियो माटोलाई कसाउन सकिन ।
💢अम्विका अधिकारी, झापा विर्तामोड।
पञ्चाङ्ग ०३
नव वसन्तको यो आगमनमा सजाउन मन लाग्यो
सोही पल छोपी फूल जस्तै मगमगाउन मन लाग्यो
मन मै सम्झना राखुँला,अपुगमा पुन: उही मागुँला
विगत सम्झेर , कल्पेर दिलैमा जमाउन मन लाग्यो
मृग नयनी सरी नव वर्षमा अघाउन मन लाग्यो ।
💢प्रेम थापा “मन” बागलुङ🇳🇵
पञ्चाङ्ग ०४
आज मेराे घर रङ्गीचङ्गी गराउन मन लाग्याे
अल्छी तिघ्रेलाई काम दिई कजाउन मन लाग्याे
हुन त घर रङ्गाउन गेरू, कमेराे राखेकै छु
मितव्यीता गरी केही खर्च बचाउन मन लाग्याे
यस्ता सामाग्री लाेप नहुँदै जगाउन मन लाग्याे !!!
💢सुरेश चन्द्र घिमिरे, लमजुङ ।
पञ्चाङ्ग ०५
धर्तीमाता सकेसम्म बचाउन मन छ
साहित्यकाे फूलबारी सजाउन मन छ ।
फेर्न मन छ समाजका धाेद्रा रीतहरू
घाउमाथि मल्हम पट्टी लगाउन मन छ ।
बिहानीमा नयाँजाेस जागाउन मन छ ।
💢चन्द्रावती अधिकरी, कोहलपुर बाँके ।
पञ्चाङ्ग ०६
यो मनमा सजाउन मन लाग्यो ।
पञ्चे बाजा बजाउन मन लाग्यो ।
माया प्रेम सुख दु:ख जिन्दगानी ,
चोखो प्यार भजाउन मन लाग्यो ।
मुख छोपी लजाउन मन लाग्यो ।
💢आर्त अकुलीन, कैलाली।
पञ्चाङ्ग ०७
नयाँ बर्षले सवैलाई हसाउन सकाेस्
गरीवकाे मन प्रफुल्ल हसाउन सकाेस्
सँधै लुमुक्क आउने याे नकच्चराे वर्ष
घर व्यवहारमा भान्सा सजाउन सकाेस्
उत्साह हराएकाेलाई जगाउन सकाेस्।
💢मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
पञ्चाङ्ग ०८
१
पटकपटक भिर ताक्छौ बचाउन मन लाग्यो
मानव जीवन हो बाँच्नु छ फकाउन मन लाग्यो
जिन्दगी हिजो थियो भोलि पनि हुनेछ यति बुझ
कति हार्छौ सधैँ आत्मबल जगाउन मन लाग्यो
मरिजाने चोला हाम्रो बुझ हँसाउन मन लाग्यो ।
२
वसन्त फुलिरहेछ ढकमक्क स्पर्शमा मजा छ
दिनपछि दिन आउँछ, सधैँ सङ्घर्षमा मजा छ
नयाँ सालको शुभकामना बाँडेर एक अर्कामा
खुसीहरू उडिरहेछन् हावामा हर्षमा मजा छ
हरेक पटक आउने नयाँ यो वर्षमा मजा छ ।
💢सविता के.सी. काठमाडौं ।
पञ्चाङ्ग ०९
नव वर्ष आगमन घर सजाउन मन लाग्यो
मायालुले लुकीलुकी हेर्दा लजाउन मन लाग्यो
यो दुई दिने चोला हो हाँसी खुशी बिताऊँ जीवन
हात पाखुरा बलिया छँदै कमाउन मन लाग्यो
बुढेसकालमा तिर्थतिर. रमाउन मन लाग्यो
💢सुमित्रा पोखरेल, काठमाडौं ।
पञ्चाङ्ग १०
१
विगत वर्षका कर्महरू सँग त आफैं लजाउन मन लाग्यो
दुईहजार उनासीमा सबैसँग माया जगाउन मन लाग्यो
सोचेर मात्र नहुने हुन्छ हजुर आफ्नो मन सच्याउनु पर्छ
जस्तो भएपनि यो वर्ष चाहिँ धेरै कुरा बचाउन मन लाग्यो
आफूले आफ्ना सबै गल्तीहरू सुधारेर सजाउन मन लाग्यो ।
२
जानी नजानी पनि आफ्ना साथीहरूलाई हसाउँन मन लाग्यो
टुटे – फुटेकाहरूलाई आफूतिर तान्न फकाउन मन लाग्यो
सबैको मङ्गल होस् दुई हजार उनासी सालको शुभकामना
सिर्जना कोरेर पनि यो वर्ष राम्रो नाम कमाउन मन लाग्यो
शुद्ध मनले कर्म गरेर आफूलाई नै गलाउन मन लाग्यो
———————————————–
💢गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका ।
पञ्चाङ्ग ११
गरिबी नै भाग्ने गरि कमाउन मन लाग्यो
साथी सरहको भई रमाउन मन लाग्यो
आवश्यकता सजिलै पूरा गर्नुछ अहिले
भविष्यको लागि पनि जमाउन मन लाग्यो
एउटा गतिलो हाँगो समाउन मन लाग्यो /१/
के- के भनी जिस्क्याउँदा लजाउन मन लाग्यो
आफ्नै मानेर दिलमा सजाउन मन लाग्यो
मायामा अनि विश्वासमा अडेको छ ससांर
मेरै जीवन हौ भनी फकाउन मन लाग्यो
मनै मारेर बस्छेउ जगाउन मन लाग्यो /२/
अन्तिम घडी पुग्दा पनि बचाउन मन लाग्यो
दैवलाई नि भयो भनी गलाउन मन लाग्यो
बिरानो लाग्छ तिमी नहुँदा पलपल समय
तिम्रा लागि अमृत कुण्ड सजाउन मन लाग्यो
मीठा मीठा सपना बाँड्दै हसाउन मन लाग्यो/ ३/
पूरा होउन् इच्छा र चाहना सबैको
उच्च रहोस् मनको भावना सबैको
नयाँ वर्षको सबैमा शुभकामना
सोचेको पुगोस् मनकामना सबैको
वैरीका लागि जुटोस् सामना सबैको/४/
💢जमुना आचार्य, सिन्धुपाल्चोक।
पञ्चाङ १२
नयाँ बर्ष आऊ विकासले सजाउन मन छ
कुरिति र कुसंस्कार यहाँ हराउन मन छ
सुन्दर नेपाल हेर्न चाहना छ नयाँ बर्षमा
दुख र शास्ती दुनियाँ सामु भगाउन मन छ
नयाँ बर्षको स्वागत गरी रङ्गाउन मन छ ।
💢तारा घिमिरे, संखुवासभा ।
पञ्चाङ्ग १३
अनेक बाहना बाजी गर्दै तिमीलाई हसाउँन मन लाग्यो
तिमीसँग रहेको त्यो भित्री उर्जालाई जगाउन मन लाग्यो
दुई हजार उनासीले सबै जन मन भित्र ऊर्जा भरियोस्
राम्रा राम्रा मनोभावना यो दिल भरी सजाउन मन लाग्यो
प्रेमपूर्ण ज्योति छर्दै अन्धकारलाई हटाउन मन लाग्यो।
💢सरस्वती श्रेष्ठ, इटहरी ।
पञ्चाङ्ग १४
असफलता चिरेर सफलता सजाउन पाऊँ
अाफ्नाे याे नाम सदा दुनियाँलाई भजाउन पाऊँ
वितेका वर्षहरू दुःख र कष्टले घेरेर सके
अबका दिनमा त कष्टलाई नै कजाउन पाऊँ
सुख र सम्बृद्धिकाे बिगुल बाजा बजाउन पाऊँ ।
💢रामराजा के. सी. फर्पिङ, काठमाडौं।
पञ्चाङ्ग १५
नयाँ वर्ष सबैमा उमङ्ग जगाउँदै आउने
वसन्तका नव पालुवा पो सजाउँदै आउने
कोइलीको मीठो स्वरले माया प्रीति पो लाउने
शीत, ताप,वर्षा हरी विश्व बचाउदै आउने
सबको प्रिय पात्र बनी पो फकाउदै आउने।
💢सरिता काफ्ले, कोहलपुर बाँके ।
पञ्चाङ्ग १६
गाउँ बस्तीमा चेतना जगाउन मन लाग्यो
आफ्नै घर आगन पो सजाउन मन लाग्यो
साना दु:खले आर्जेको मुलुक हैन हजुर
वीर पुर्खाको सान बचाउन मन लाग्यो
बात हैन कर्ममा मन लगाउन मन लाग्यो।
💢निर्मला सुवेदी, बागलुङ ।
पञ्चाङ्ग १७
जीवनमा पल पल तिमीलाई हँसाउन मन लाग्यो ।
तिम्रो समीपमा बसी आफैँलाई सजाउन मन लाग्यो ।
गते, बार मास गर्दै गयो समय आज त नयाँ बर्ष,
तिम्रो आगमनमा मलाई अति लजाउन मन लाग्यो ।
बितेका दिन सम्झदै जवानी नि बचाउन मन लाग्यो ।
💢भवानी घिमिरे, सर्लाही ।
पञ्चाङ्ग १८
नयाँ वर्षमा घर सजाउनु मन लाग्यो
सदैव यसरी नै बनाउन मन लाग्यो
सबै परिवार भएर मीठो खाउँला नि
नयाँ वर्षमै नयाँ लगाउन मन लाग्यो
रिसाएका भएमा फकाउन मन लाग्यो।
💢देवि कार्की खुलाल, झापा ।
पञ्चाङ्ग १९
अर्काको देखेर कमाउन मन लाग्यो
घर गृहस्थमा जमाउन मन लाग्यो
बेलामा सोच राखेपछि पछुतो हुन्न
यति भए पैसा समाउन मन लाग्यो
त्यही पैसामा नै रमाउन मन लाग्यो ।
💢सुशीला पौडेल, काठमाडौं ।
प्व्ञ्चाङ्ग २०
नयाँ वर्षमा केही समाउन मन लाग्यो
मेरै लागि भनी जगाउन मन लाग्यो
दु:ख दिनहरू बिते अब कस्तो हुन्छ
हातमा समातेर बसाउन मन लाग्यो
जीवन जसरी नि चलाउन मन लाग्यो।
💢देवकी के.सी. बिरगंज ।