Thursday 10th September 2026

गद्यकविता: नयाँ वर्ष -सुधा बासकोटा ढकाल


पुराना पीडा
व्यथा
दुख
कष्ट बिर्साउन
घाउ लागेको
हृदयमा
मलम लगाउन
आउँदै छ
नयाँ वर्ष!
उमङ्ग लिएर
मिठो प्रेमको
तरङ्ग लिएर
सन्तुष्टि
र आशा बोकेर
समृद्धि बोकेर
त्यसैले त
हरेक मुटुका
स्पन्दनमा
एउटा आशा
पलाएको छ
फेरि
जसरी
बोटबिरुवाहर
टुसाएका छन्
नव पालुवाका साथमा
जसरी पवनले
नयाँ सुवास
मग्मग
फैलाएको छ
ठिक त्यसरी नै
पुनः
नयाँ वर्ष
आउँदैछ
आशा जगाउँदै
जाँगर बटुल्दै
पुराना दिन
जस्ता भए पनि
बिते
रुमलिनु छैन
त्यसमा
पवित्र
कामना गरौँ
आजैबाट
नयाँ वर्ष
नयाँ
प्रवृत्ति लिएर आवस्
सबैका प्रवृत्ति
सुध्रिउन्
घरघरमा
समृद्धि झल्कियोस्
गुराँसझैँ
फुलोस् नयाँवर्ष
नव पालुवाझैँ
मुस्काएर
प्रत्येक नेपाली
हृदयमा
तृप्ति दिएर
खुलोस्
सुख शान्ति
र उमङ्ग छावस्
सर्वत्र
नयाँ वर्ष
विकास बनेर
आवस
खुशी बनेर
आवस!!

सुधा बासकोटा ढकाल
काठमाडौँ


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...