Wednesday 12th November 2025

टहल आचार्यको गजल संग्रह – ३७


रमाईलो तिम्रो शहर मेरो गाउँ जस्तो लाग्यो ,
हुन्छ भनेदेखि सानू त्यतै आउँ जस्तो लाग्यो ।

देखेकोले के हुन्थ्यो र कतै लेख्या रैछ भने ,
सँगै ज्युने मर्ने गरि साईनो लाउँ जस्तो लाग्यो ।

अठत्तर त गयो गयो उनासीको बैसाखमा ,
राखेँ प्रस्ताव सकेअब निधो पाउँ जस्तो लाग्यो ।

आमा बाको सल्हामा ज्योतिषीकाँ गएर नै ,
चिना हेरे पनि मिल्ने राशी नाउँ जस्तो लाग्यो ।

यो टहलले पाए साथ हिरामोती फलाउन ,
दोलखामा गजलका बहर दाउँ जस्तो लाग्यो ।

टहल आचार्य
२०७८/१२/२६


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...