Wednesday 15th July 2026

टहल आचार्यको गजल संग्रह – ३७


रमाईलो तिम्रो शहर मेरो गाउँ जस्तो लाग्यो ,
हुन्छ भनेदेखि सानू त्यतै आउँ जस्तो लाग्यो ।

देखेकोले के हुन्थ्यो र कतै लेख्या रैछ भने ,
सँगै ज्युने मर्ने गरि साईनो लाउँ जस्तो लाग्यो ।

अठत्तर त गयो गयो उनासीको बैसाखमा ,
राखेँ प्रस्ताव सकेअब निधो पाउँ जस्तो लाग्यो ।

आमा बाको सल्हामा ज्योतिषीकाँ गएर नै ,
चिना हेरे पनि मिल्ने राशी नाउँ जस्तो लाग्यो ।

यो टहलले पाए साथ हिरामोती फलाउन ,
दोलखामा गजलका बहर दाउँ जस्तो लाग्यो ।

टहल आचार्य
२०७८/१२/२६


सम्बन्धित शीर्षकहरु

इरानका प्रमुख वार्ताकार गालिबाफ : ‘युद्ध चाहँदैनौँ, तर राष्ट्रिय सुरक्षाका लागि अन्तिमसम्म लड्न तयार छौँ’ तेहरान। इरानका प्रमुख वार्ताकार मोहम्मद…

रियाद/साना। यमनका हुथी विद्रोही र साउदी अरबबीचको तनाव फेरि बढ्दै गएको छ। पछिल्ला वर्षहरूमा हुथीहरूले साउदी क्षेत्रलाई लक्षित गर्दै ड्रोन…

ब्युनस आयर्स। अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएल ले अन्तर्राष्ट्रिय समुद्री सुरक्षा र क्षेत्रीय तनावबारे कडा अभिव्यक्ति दिँदै आफूहरू “लुटेरा समुद्री डाकूहरूसँग…

प्रतिकृयाहरू
...