Thursday 28th May 2026

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनीत


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्य मनोनीत भएका छन्। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ दाहाललाई संविधानको धारा ८६ (२) (ख) बमोजिम मनोनीत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीको पदावधि सकिएपछि उनको ठाउँमा सत्ता साँझेदार माओवादी अध्यक्ष प्रचण्डलाई भाईलाई नियुक्त गरिएको हो। नेकपा हुँदा माओवादी कोटाबाट विडारी राष्ट्रियसभा सदस्य मनोनीत भएकाले उनको पदावधि सकिएकाले यो सिटमा माओवादीकै भागमा परेको हो।- अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

लुलु कनेक्टले कुवेतभरिका प्रविधि पारखीहरू र ग्राहकहरूका लागि नयाँ र नविनतम किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ मे २४ मा…

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

प्रतिकृयाहरू
...