Friday 16th May 2025

नेपाल बारमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीको प्यानलै बिजयी


नेपाल बार एसोसिएसनको निर्वाचनमा प्रतिपक्षी दल एमाले निकटका कानुन व्यवसायी पराजित भएको छ । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विजयी हुँदै एमाले बारमा निल हुन पुगेको हो । नतिजा अनुसार काँग्रेस–माओवादीसहित सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलले क्लिन स्वीप गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार ४४७४ मतसहित गोपालकृष्ण घिमिरे अध्यक्षमा विजयी भएका छन् ।

यस्तै उपाध्यक्ष प्रदेश १ मा सुरज खत्री, मधेस प्रदेशमा सुधीर कुमार कर्ण, बागमती प्रदेशमा हर्क बहादुर रावल, गण्डकी प्रदेशमा वीरेन्द्र केसी, लुम्बिनी प्रदेशमा पशुपति भण्डारी, कर्णाली प्रदेशमा उत्तम कुमार आचार्य र सुदूरपश्चिम प्रदेशमा तुलाराम गिरी विजयी भएका छन् । यसैगरी उपाध्यक्ष महिला, खुलामा आशा राई विजयी हुँदा महासचिवमा अन्जिता खनाल विजयी भएकी छन् । यसैगरी कोषाध्यक्षमा भरतबहादुर राउत विजयी हुँदा सदस्यमा विनिता नेपाली, किरण कुमारी शाह, नरेश कुमार शाह, नारायण दास राई, रुपबहादुर सारु, सीता पौड्याल, शर्मिला थापा विष्ट, जीतेन्द्रबहादुर मडै, भरतकुमार लकाइ, देवी प्रसाद कोक्ष्इराला, निर्भयराज पौडेल, सन्तोष कुमार राउत, गुणराज आचार्य, सन्तोष तिवारी विजयी भएको प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिइन् ।

बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सातहजार ४२९ मत खसेको थियो ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

जेनेभा: डाक्टर्स विदाउट बोर्डर्सले बुधबार गाजामा "जानाजानी मानवीय विपत्ति" सिर्जना गरेकोमा इजरायलको आलोचना गर्‍यो र प्यालेस्टिनीहरूको जबरजस्ती विस्थापनमा सहायतालाई सर्तबद्ध…

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी १७ अक्टोबर २०२५ शुक्रबारका दिन "कल्याणकारी सांगीतिक धमाका-२०२५" आयोजना गर्ने भएको छ । समाजले…

चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट…

प्रतिकृयाहरू
...