Tuesday 26th November 2024

कांग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन


सत्ता गठबन्धन दलको बैठक आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ।

नेता पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू रहने गरी समिति गठन भएको जनाइएको छ। समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन्। भने माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन्।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको ढाँचाबारे आजको बैठकमा छलफल हुने बताइएको छ। यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेको थियो।

आजको बैठकमा सत्ता साझेदार दलका शीर्षनेताहरु प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा जसपा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरू सहभागी थिए।

सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो तीनदिने भारत भ्रमणको जानकारी पनि गराएका थिए। बैठकले प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ। यस्तै बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारका तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग बृहत् अन्तरक्रिया गर्ने पनि निर्णय भएको बताइएको छ।

-नागरिकन्युजबाट

 


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...