Wednesday 15th July 2026

सुरेशकुमार पान्डेका केही टुक्का कविताहरू


१.
अस्पताल बनाउ किन चाहियो भ्युटावरहरू,
मन्दिरलाई भन्दा स्कुलहरूलाई खर्च गर बरू।
२.
फाल बरू एम सी सी संघियता खारेज गर,
सक्छौ भने युवाहरूलाई आफ्नै देशमा भर।
३.
देशलाई परनिर्भर राखेर के देखाएका भन,
विदेशीको दलाली छाडेर असल देशभक्त बन।
४.
जनताहरू पनि अब त अलि सचेत बन्नु पर्छ,
देशभक्तको एकताले नै हामी सबैको हित गर्छ।
५.
अब पार्टीको होइन देशको झण्डा उठाउनुपर्छ,
त्यसाे गर्दा हामी सबै देशवासीहरूको हित गर्छ।
६.
जाल थापेर कुर्दै बसेका हुन्छन् जालहारी हरू,
सोची सम्झि मतदान गरौँ देशभक्तलाई बरू।

✍️ सुरेशकुमार पान्डे
घोराही उप महानगर पालिका १८
जिल्ला दाङ प्रदेश न.५


सम्बन्धित शीर्षकहरु

इरानका प्रमुख वार्ताकार गालिबाफ : ‘युद्ध चाहँदैनौँ, तर राष्ट्रिय सुरक्षाका लागि अन्तिमसम्म लड्न तयार छौँ’ तेहरान। इरानका प्रमुख वार्ताकार मोहम्मद…

रियाद/साना। यमनका हुथी विद्रोही र साउदी अरबबीचको तनाव फेरि बढ्दै गएको छ। पछिल्ला वर्षहरूमा हुथीहरूले साउदी क्षेत्रलाई लक्षित गर्दै ड्रोन…

ब्युनस आयर्स। अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएल ले अन्तर्राष्ट्रिय समुद्री सुरक्षा र क्षेत्रीय तनावबारे कडा अभिव्यक्ति दिँदै आफूहरू “लुटेरा समुद्री डाकूहरूसँग…

प्रतिकृयाहरू
...