Thursday 22nd January 2026

चिरञ्जीवी ढकालका टुक्का कविताहरू


१.
लुकीछिपी आँखा बोले,मान्नै प-यो खोट?
कसैलाई मस्ती हुन्छ, कसैलाई चोट।
२.
रात ढले दिन हुन्छ, दिन ढले रात,
बदल्नको सक्छ यहाँ, प्रकृतिको बात।
३.
सकिदैन रातभरि निदाउनलाई,
मुर्छा पार्छ कुटुकुटु भित्र मुटु खाई।
४.
झुक्न नदेउ ती पुर्खाले आर्जेको सान,
त्यो सानमा अडेकोछ हाम्रो स्वाभिमान।
५.
हेप्यो साह्रै दुश्मनले बोल केही बोल,
हैन भने त्यो मनको गुह्य कुरा खोल।
६.
बस्ती बस्ती घन्किदैछ इन्क्लाबको नारा,
बनि दिँदा सत्ता तिम्रो आज ज्यानमारा।
७.
पुगौँ बस्ती बस्तीमा जनतालाई जगाउन,
सत्ता बाट भ्रष्टलाई छानिछानी भगाउन।
८.
सुरक्षाको घेरा भित्र बस्छौ हर दिन,
तिमी भित्र खोट देख्छु मैले किन किन?

✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...