Saturday 3rd October 2026

चुनाव चिन्ह हलो नपाए स्थानीय चुनाव हुन दिँदैनौं : राजेन्द्र लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई निर्वाचन आयोगले हलो चिन्ह प्रदान नगरेको खण्डमा स्थानीय चुनाव नै हुन नदिने दावी गरेका छन् ।बर्दियामा आज आयोजित आमसभालाई सम्वोधन गर्दै उनले राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य नहुने बताए ।

लिङदेनले भने, ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिन्ह ‘हलो’ दिइएन भने चुनाव नै हुँदैन, हामी हुन दिदैनौं । द्वन्द्व र मुठभेडतर्फ मुलुकलाई नधेकेल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’ उनले राप्रपाका कार्यकर्ता तथा मतदाताले हलो चुनाव चिन्हमा नै भोट हाल्न पाउने दावी पनि गरे ।

 


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...