Wednesday 9th September 2026

नेपाली दूतावास कुवेतमा ११२औ अन्तर्राष्ट्रिय महिला दिवस (फोटो फिचर)


नेपाली दूतावास कुवेतको आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय महिला  दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनिश्चिता भन्ने नाराका साथ  आयोजित उक्त कार्यक्रम मंगलबार नेपाली दूतावास कुवेतको सभाहलमा  महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु  भएको थियो । आफ्नो शुभकामना मन्तब्य राख्दै राजदूत भण्डारीले   सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक,  शैक्षिक्, सांस्कृतिक क्षेत्रमा महिला सहभागिता  बढेको,  महिला शसक्तिकरण र योगदानको बारेमा चर्चा गर्दै हरेक क्षेत्रमा महिलाहरुको सहभागिताले मुलुक समृदीको दिशामा अघि बढ्न सहयोग पुग्ने बताउनु भएको थियो।

नेपाली दूतावासकी द्वित्तिय सचिव जानकी ओझाले आफ्नो स्वागत मन्तब्य राख्दै महिलाहरुले अवसर पाए हरेक क्षेत्रमा नेतृत्व लिन सक्षम भएको बताउदै त्यसको लागि आगामी दिनमा प्रभावकारी महत्वपूर्ण भूमिका खेल्न सबैलाई आग्रह गर्नु भएको थियो भने तृतीय सचिव योशदा अधिकारीले सो कार्यक्रम संचालन गर्नु भएको थियो ।

एनआरएनए मध्यपूर्व महिला संयोजक सुमित्रा देवी पौडेल, एनआरएनए कुवेतकी महिला संयोजक रमिता तामाङ्ग लगायत नेपाली दूतावासका कर्मचारी नेपाली समाजका थोरै संख्यामा दिदीबहिनीको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रश्चात दूतावासले जारी गरेको बिज्ञप्ति  जस्ताको तस्तै:


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...