Friday 25th September 2026

नेपालको चुच्चे नक्स समेटिएको एक रूपैयाँको सिक्का चलनचल्तीमा आउँदै


नेपाल राष्ट्र बैंकले भोलि बुधबारबाट १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सुनौलो रङ्गमा टकमरी गरिएका सिक्का चलनचल्तीमा आउने भएको छ । नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘आरई वान’ लेखिएको छ भने तल्लो भागमा १ रुपैयाँ लेखिएको छ ।

सिक्काको पछाडिको भागमा सगरमाथाको चित्र अंकित गरिएको छ । त्यसकै मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । सगरमाथाको चित्र बाहिरपट्टि माथिल्लो भागमा बिचमा नेपाल लेखिएको छ भने दायाँ बायाँ चन्द्र, सूर्य आकृति राखिएको छ त्यसै गरि सगरमाथाको बाहिरी दायाँ बायाँ कोठामा चक्र, संख, पद्य, गदाको साना आकृति राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...