Monday 23rd June 2025

नेपालको चुच्चे नक्स समेटिएको एक रूपैयाँको सिक्का चलनचल्तीमा आउँदै


नेपाल राष्ट्र बैंकले भोलि बुधबारबाट १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सुनौलो रङ्गमा टकमरी गरिएका सिक्का चलनचल्तीमा आउने भएको छ । नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘आरई वान’ लेखिएको छ भने तल्लो भागमा १ रुपैयाँ लेखिएको छ ।

सिक्काको पछाडिको भागमा सगरमाथाको चित्र अंकित गरिएको छ । त्यसकै मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । सगरमाथाको चित्र बाहिरपट्टि माथिल्लो भागमा बिचमा नेपाल लेखिएको छ भने दायाँ बायाँ चन्द्र, सूर्य आकृति राखिएको छ त्यसै गरि सगरमाथाको बाहिरी दायाँ बायाँ कोठामा चक्र, संख, पद्य, गदाको साना आकृति राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति…

शीत काव्य समाज नेपालले शीत परिकल्पनाको पाँचौ वार्षिक दिवस समारोह कृति लोकार्पण र सम्मान सहित भव्यताकासाथ मनाएको छ । समाजद्वारा…

कुवेतभरिका लुलु हाइपरमार्केटहरूले आफ्ना कर्मचारीहरूका लागि विशेष योग जागरूकता सत्र आयोजना गरेर जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन विश्वव्यापी…

प्रतिकृयाहरू
...