गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्बिरको दुरुपयोग गरी भ्रामक एवं झूटा शीर्षक राखेर अफवाह नफैलाउन आग्रह गरेको छ । मन्त्रालयले जारी सुचनामा समाजिक सञ्जालको दुरुपयोग गरी भिडियो तथा तस्बिरहरु प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ ।
यस्ता तस्बिर तथा भिडियोले समाजमा अफवाह फैलाउने भएकाले उक्त क्रियाकलापमा संलग्नलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही गरिने जनाएको छ ।
हेरौ सुचना जस्ताको तस्तै:-