Tuesday 28th April 2026

एमालेको दाउलाई पराजित गर्न व्याख्यात्मकसहित एमसीसी अनुमोदन गरेको प्रचण्डको भनाई


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन भत्काउने खेल खेलेको र सभामुख अग्निप्रसाद सापकोटाको पदसमेत धरापमा परेकाले एमसीसी अनुमोनदनका लागि व्याख्त्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु परेको उल्लेख गरेका छन । एमालेको दाउँलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्नु परेको कुरा  अध्यक्ष प्रचण्डले  बताएका छन्।

माओबादी  केन्द्रको  केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले भने, ‘एमसीसीका कारण गठबन्धन भत्किने अवस्थामा पुगेको थियो। एमालेले गठबन्धन पनि भत्काउने र संसद पनि विघटन गर्ने खेल खेल्यो। एमालेको दाउँलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेका हौं। एमसीसी संसदबाट  पास भए संगै माओबादी केन्द्रमा बिबाद बढ्दै आएको छ । नेता  नारायणकाजी  श्रेष्ठ, देव गुरुङ, गिरिराजमणी पोख्रेल लगायतले व्याख्यात्मक घोषणा सहित पारित गरिएको एमसीसीको बारेमा असन्तुस्टी जनाउदै आएका छन । राष्ट्रियसभा गृहमा आजदेखि माओबादी केन्द्रको केन्द्रीय कमिटी बैठक  सुरु भएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन…

तितोपाटी- सैनिक जीवनबाट अवकाश पाएपछि धेरैजसो मानिसको जीवन शान्त, विश्राम र पारिवारिक दायरामा सीमित हुन्छ। कतिपय त सुख–सुविधा खोज्दै शहर…

तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले…

प्रतिकृयाहरू
...