Tuesday 21st October 2025

मंसिरअघि नै संसदीय चुनाव हुन सक्छ – गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय चुनाव वैशाख ३० मै हुने भन्दै संसदको अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुनसक्ने बताएका छन्। शुक्रबार नेपाली कांग्रेस मादी गाँउपालिका कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाट्न गर्दै महामन्त्री थापाले संसद अवरोध जारी रहेमा के गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताए । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित कमिटीलाई दिइने बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने विषय पनि स्थानिय कमिटीकै भएको उल्लेख गर्दै कांग्रेसले केन्द्रबाट तालमेलको निर्णय नगर्ने बताए । उनले उम्मेदवार को बन्ने भन्ने विषयमा चिन्ता नगरी कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन  ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पाकाे माथागढी गाँउपालिका वडा नम्बर ४, झडेवा सौरेनीमा  युवकको कुटपिटबाट  वृद्ध महिलाकाे हत्या भएको छ । गए राति  सोही…

तितोपाटी- जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति…

तितोपाटी-जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार अभियुक्त पक्राउ परेका छन् । पाल्पा स्थित माथागढी गाउँपालिका–३, का ४३ वर्षका केशव कुमाल…

प्रतिकृयाहरू
...