Friday 11th September 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ११


स्रष्टा परिचय
नाम: पुष्कर अथक रेग्मी
ठेगाना: श्रीनगर तानसेन पाल्पा
माता/पिता : राधादेवी / बद्रीप्रसाद रेग्मी
शिक्षा : एम.एड.(शिक्षा)
पेशा: प्राध्यापन
प्रथम प्रकाशित रचना : भजन (२०४५)
प्रकाशित कृतिहरू
(क) साहित्यिक कृतिहरू
१. गीति उपन्यास, अफसोच
२. अादिकवि छविलाल नेपालको जीवनी,अग्रदूत
३. राधा भारतीको जीवनी, अामा
४. जीवनी संग्रह , अमृताञ्जली
५.कविता संग्रह , अन्तराल
६.एक सय एक गजल संग्रह , अन्तत:
७.ऐतिहासिक नाटक संग्रह , अमर पात्र
८.शुभ श्रेष्ठको जीवनी , अर्पण
९. अविस्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्यको जीवनी
( ख) बाल साहित्यका कृतिहरू
१. अनुरोध ( सचित्र बहरवद्ध बाल गजल संग्रह )
२. अक्षता ( बाल गेडी संग्रह)
३ अलग बाटो ( बाल लघुकथा संग्रह )
४. अचार ( बाल सुसेली संग्रह )
५.अपूर्व दर्शन ( ऐतिहासिक बाल कथा संग्रह )
(ग )शिक्षा क्षेत्रमा प्रकाशित पुस्तक
१. अनुसन्धान अवलोकन
२. अनुसन्धान सिद्धान्त
प्रकाशोन्मुख कृतिहरू
१. अलिकति ( बाल काव्य संग्रह)
२. अर्थ ( शीत बाल कथा संग्रह )
३. अस्तित्व ( ऐतिहासिक गीति उपन्यास )

रचना
लघुकथा : बधाई तथा शुभकामना

अकुत सम्पति कमाएका कार्यालय प्रमुख अञ्जन भ्रष्टाचारमा परेर पाँच बर्ष जेल चलान भए । मुद्दा लड्ने वकिललाई राम्रै पारिश्रमिक दिएकोले एकै बर्षमा उनी जेल मुक्त भए ।

जेलमा रहँदा उनले दिन बिताउन एउटा उपन्यास लेखेका रहेछन् । उनको उपन्यास चर्चित संस्थाले प्रकाशित गरी लोकार्पणको अायोजना गर्यो । महासचिवले उद्घोषण गरे ।प्रकाशकीय प्रमुखले सभापतित्व गरे ।

अग्रज चर्चित उपन्यासकार प्रमुख अतिथि भए । स्थानिय पालिका प्रमुख बिशिष्ट अतिथि भए । बरिष्ठ समीक्षक ले समालोचना गरे । अाख्यानकारले शुभकामना दिए ।सशक्त लेखकको रूपमा प्रमुख अतिथि र विशिष्ट अतिथिले दोसल्ला अोढाए । स्रष्टाहरूले कानेखुसी गरे । दर्शक दीर्घाले ताली बजाए ।

” वरिष्ठ उपन्यासकार अञ्जनको कृति बिमोचन ” शीर्षकमा तस्बिर सहितका समाचारहरू संप्रेषित प्रकाशित भए ।सामाजिक संजालका भित्ताभरी तछाड मछाड गरी लेखिए – ” बधाई तथा शुभकामना ! ”

श्रीनगर , पाल्पा


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...