Friday 7th February 2025

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ११


स्रष्टा परिचय
नाम: पुष्कर अथक रेग्मी
ठेगाना: श्रीनगर तानसेन पाल्पा
माता/पिता : राधादेवी / बद्रीप्रसाद रेग्मी
शिक्षा : एम.एड.(शिक्षा)
पेशा: प्राध्यापन
प्रथम प्रकाशित रचना : भजन (२०४५)
प्रकाशित कृतिहरू
(क) साहित्यिक कृतिहरू
१. गीति उपन्यास, अफसोच
२. अादिकवि छविलाल नेपालको जीवनी,अग्रदूत
३. राधा भारतीको जीवनी, अामा
४. जीवनी संग्रह , अमृताञ्जली
५.कविता संग्रह , अन्तराल
६.एक सय एक गजल संग्रह , अन्तत:
७.ऐतिहासिक नाटक संग्रह , अमर पात्र
८.शुभ श्रेष्ठको जीवनी , अर्पण
९. अविस्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्यको जीवनी
( ख) बाल साहित्यका कृतिहरू
१. अनुरोध ( सचित्र बहरवद्ध बाल गजल संग्रह )
२. अक्षता ( बाल गेडी संग्रह)
३ अलग बाटो ( बाल लघुकथा संग्रह )
४. अचार ( बाल सुसेली संग्रह )
५.अपूर्व दर्शन ( ऐतिहासिक बाल कथा संग्रह )
(ग )शिक्षा क्षेत्रमा प्रकाशित पुस्तक
१. अनुसन्धान अवलोकन
२. अनुसन्धान सिद्धान्त
प्रकाशोन्मुख कृतिहरू
१. अलिकति ( बाल काव्य संग्रह)
२. अर्थ ( शीत बाल कथा संग्रह )
३. अस्तित्व ( ऐतिहासिक गीति उपन्यास )

रचना
लघुकथा : बधाई तथा शुभकामना

अकुत सम्पति कमाएका कार्यालय प्रमुख अञ्जन भ्रष्टाचारमा परेर पाँच बर्ष जेल चलान भए । मुद्दा लड्ने वकिललाई राम्रै पारिश्रमिक दिएकोले एकै बर्षमा उनी जेल मुक्त भए ।

जेलमा रहँदा उनले दिन बिताउन एउटा उपन्यास लेखेका रहेछन् । उनको उपन्यास चर्चित संस्थाले प्रकाशित गरी लोकार्पणको अायोजना गर्यो । महासचिवले उद्घोषण गरे ।प्रकाशकीय प्रमुखले सभापतित्व गरे ।

अग्रज चर्चित उपन्यासकार प्रमुख अतिथि भए । स्थानिय पालिका प्रमुख बिशिष्ट अतिथि भए । बरिष्ठ समीक्षक ले समालोचना गरे । अाख्यानकारले शुभकामना दिए ।सशक्त लेखकको रूपमा प्रमुख अतिथि र विशिष्ट अतिथिले दोसल्ला अोढाए । स्रष्टाहरूले कानेखुसी गरे । दर्शक दीर्घाले ताली बजाए ।

” वरिष्ठ उपन्यासकार अञ्जनको कृति बिमोचन ” शीर्षकमा तस्बिर सहितका समाचारहरू संप्रेषित प्रकाशित भए ।सामाजिक संजालका भित्ताभरी तछाड मछाड गरी लेखिए – ” बधाई तथा शुभकामना ! ”

श्रीनगर , पाल्पा


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...