Friday 24th October 2025

कांग्रेस-एमाले वार्ता बिना निष्कर्ष टुंगियो


नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बिहीबार साँझ भएको भेटवार्ता बिना निष्कर्ष टुङ्गिएको छ । देउवालाई भेट्न एमाले अध्यक्ष ओली बिहिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । कांग्रेस र एमाले नेताहरूबीच करिब डेढ घण्टा छलफल भए पनि कुनै सहमति भने हुन सकेन ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा एमसीसी
संसदबाट पारित गराउन प्रस्ताव गरेका थिए ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई ‘हामी संसद्मा प्रवेश गर्न नसकेको कारण तपाईंलाई पनि थाहा छ, त्यो समस्या निराकरण नभएसम्म संसद्मा आएर आफ्ना विचार राख्न कठिनाइ छ’ भनेका थिए ।

त्यसपछि प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउन जस्तो सुकै लचिलो हुन परे पनि तयार रहेको बताएपछि भोली शुक्रबार संददीय प्रकृया शुरू हुनु भन्दा पहिले नै पुनः छलफलमा बस्ने सहमती सहित कांग्रेस-एमाले वार्ता सकिएको छ ।

वार्तामा कांग्रेसका तर्फबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको अलावा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । त्यसै गरि एमालेको तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए ।

प्रमुख प्रतिपक्षी दल एमालेले उसले कार्वाही गरेका सांसदहरूलाइ निलम्बन गर्नु पर्ने वा सभामुखले राजीनामा दिए मात्रै संसदीय गतिविधिमा सहभागी हुने भन्दै लामो समयदेखि संसद बहिस्कार गर्दै अाएको छ ।


सम्बन्धित शीर्षकहरु

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको…

साउदी अरेबियाले काफाला प्रणाली (स्पोन्सर प्रणाली)लाई अन्त्य गरेको छ । यो श्रमिकहरूका लागि प्रायोजक (स्पोन्सर) मोडेल थियो, जसले लाखौँ विदेशी…

"युवा शक्ति कुवेत" को प्रथम ऐतिहासिक अधिवेशन आगामी १४ नोभेम्बर २०२५ मा हुने भएको छ । नेपालमा जेन-जी पुस्ताको नागरिक…

प्रतिकृयाहरू
...