Saturday 15th August 2026

विवाद र विरोधका बिच एमसीसी संसदमा टेबल


नेपाल सरकारले सदन र सडकमा भएको विवाद र विरोधको बाबजुद एमसीसी सम्झाैता संसदमा टेबल गरेको छ । सत्तारुढ गठबन्धनबीच लामो छलफलपछि सरकारले एमसीसी सम्झौता संसद्‍मा अघि बढाएको हो । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सम्झौता संघीय संसद्मा प्रस्तुत भएपनि सत्ता गठबन्धनका घटकहरू नै यसको विरोधमा देखिएका छन् ।

एमसीसीलाई राजनीतिक रस्साकस्सीबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल गरेका हुन् । कार्कीले नै २०७४ भाद्र २९ गते अर्थमन्त्रीका रूपमा नेपालको तर्फबाट सम्झौतमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौतालाई केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडाले अनुमोदनका लागि संसद्‌मा पठाएका थिए ।

एमसीसी संसदमा दर्ता गरिए पनि सत्ता गठबन्धन मध्ये माओवादी केन्द्र र नेकपा समाजवादीले एमसीसी सम्झाैताको विपक्षमा मतदान गर्ने बताएका छन् । उता प्रतिपक्षी दल एमाले भने यतिखेर माैन बसेको छ । यस अघि केपी शर्मा ओली प्रधानमन्त्री भएका बखत पनि एमसीसी संसदमा टेबल गर्न खोजिएको भए पनि संसदमा टेबुल हुन सकेको थिएन ।

एमसीसी संसदमा पेश भए पनि सजिलै अनुमोदन भने हुन सक्दैन । एमसीसीबारे नेपालमा बहस हुन थालेको लामो समय भइसके पनि संसदमा भने यसको कुनै छलफल नभएकोले यसले समय लिने देखिन्छ ।

यस्तो छ एमसीसी सम्बन्धी सञ्चारमन्त्रीले पेस गरेको प्रस्तावः






सम्बन्धित शीर्षकहरु

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्…

प्रतिकृयाहरू
...