सत्तारुढदल नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको शनिबार बसेको बैठकले संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिनुपर्ने निष्कर्ष निकालेको छ । उक्त बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न दिनुपर्ने निष्कर्ष निस्किएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । तर यसका कतिपय प्रावधान संशोधन हुनुपर्ने पार्टीको अडान भने यथावत रहेको जानकारी दिएका छन ।
सार्वभौम संसदमा छलफल भएर देशको हितका पक्षमा निर्णय हुनुपर्ने पार्टीले ठहर गरेको छ । एमसीसीका कारण गठबन्धन टुट्न नहुनेमा समेत नेकपा एसका नेताहरुको जोड छ ।
एमसीसी सम्झौताको बिबादमा माओबादी केन्द्र, एकीकृत समाजबादी र जनमोर्चाले सडक तताएका छन ।भने जसपाको पनि आधिकारिक धारणा सार्वजनिक भएको छैन नेता बाबुराम भट्टराई भने एमसीसीको समर्थनमा रहेका छन भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि कुनै निर्णय गरेको छैन ।