Sunday 18th January 2026

कुवेतले जनवरीमा १,७६४ आप्रवासीलाई देश निकाला गर्यो


तितोपाटी- गत जनवरी महीनामा कुवेत सरकारले कानुन उल्लंघन गरेको आरोपमा १ हजार ७६४ जना आप्रवासीलाई देश निकाला गरेको छ।

कुवेतस्थित गृह मन्त्रालयले मुलुकको शान्ति सुरक्षा कायम गर्न कानुन उल्लंघन गर्ने पक्राउ परेकालाई कानुनी कारबाही अघि बढाइएको जनाएको छ ।

आन्तरिक मन्त्री शेख थामेर अल-अलीलेको नेतृत्वमा थालीएको उक्त अभियानमा कानुन उल्लंघनकर्ताहरुलाई देश निकाला गरिएको हो।

त्यसोत कुवेत आन्तरिक मन्त्रालयले गत २०२१ सेप्टेम्बर देखी धरपकड अभियान थालेको थियो। २०२२ को जनवरी महीनामा १ हजार ७६४ विदेशीलाई देश निकाला गरिएको र तीमध्ये १,०५८ पुरुष र ७०६ महिला कुवेत गृहमन्त्रालयलाई उद्धत गर्दै अरबटाइम्सले लेखेको छ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...