Friday 25th September 2026

एक करोड ४८ लाख क्रिप्टो करेन्सी कारोबारमा संलग्न अधिकारी पक्राउ


तीतोपाटी, काठमाडाैं – क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले रवीन्द्र भनिने चन्द्रमणि अधिकारीलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भइ भक्तपुरमा बस्दै आएका ३० वर्षीय अधिकारीलाई काठमाडौंको न्युरोडस्थित गुच्चाटोलबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले भने ‘अधिकारीले १ करोड ४८ लाख ४४ हजार डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को कारोबार गरेको पाइएको छ । उनले प्रयोग गरेको मोबाइलमा पनि १३ लाख रुपैयाँ नेपाली रूपैंया बराबरको अमेरीकन डलर डिजिटल मुद्रा मौज्दात देखिएको छ ।’

प्रहरीले भित्रैसम्म पुगेर अनुसन्धान गरिरहेको प्रवक्ता राठौरले बताए ।

‘अधिकारीलाई माघ १६ मा पक्राउ गरिएको र यससँग सम्बन्धित अन्य विषय खुल्दै आएका छन्’, उनले थपे, ‘उनी एक्लै छैनन्, यो क्रिप्टो करेन्सी कारोबारमा समूहगत सहभागिता हुन सक्छ । हामीले यो र यस्तै अनलाइन कारोबारमा संलग्नहरूलाई निगरानी बढाइरहेका छौं ।

क्रिप्टो करेन्सी अहिले देखिएको नयाँ कारोबार भएकाले यसबारे थप उनुसन्धान भइरहेको प्रवक्ता राठौरको भनाइ छ ।

‘हुन त पहिले पनि समय समयमा यस्तै अनलाइन ठगी र कारोबार हुँदै आएको हो । हामीले विदेशी मुद्रा अपचलनलगायत मुद्दामा कारवाहीका लागि सम्बन्धित निकायमा पठाएका छौं र अझै अनुसन्धान हुदैछ’, उनले भने ।
Hari Krishna


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...