Wednesday 20th May 2026

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- सोह्र (१६)


“पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार ”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७८/ १० / १८
………………………………………….
प्रशिक्षक:-
सोमनाथ लुइटेल रवि पाल्पाली
सविता के.सी.

भाषा शुद्धीकरण सुझाव :-
सुशीला पौडेल
सविता के.सी.
चन्द्रावती अधिकारी

सङ्कलक :-
सोमनाथ लुइटेल
सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================
साेह्राैं श्रृङ्खलाको अभ्यासमा दिएको अनुप्रास र स्थायी राखेर १४ अक्षरमा समपञ्चाङ्ग लेख्नु हुन अनुरोध गरिएको थियो ।

अनुप्रास र स्थायी
————–
तारेको देखियो, पारेको देखियो, चारेको देखियो, हारेको देखियो नारेको देखियो सारेको देखियो खारेको देखियो, टारेको देखियो
———————————-

पञ्चाङ्ग ०१

दु:खका काम दु:खैले सारेको देखियो
जित्दा जित्दै कहिले त हारेको देखियो
कसैले बुझ्दैनन् पीडा जोगिन्छन् सदैव
निर्धोलाई अमिरले नारेको देखियो
कामै गर्दैन भनेर खारेको देखियो ।

✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “

पञ्चाङ्ग ०२

कुकर्मले अप्ठ्यारोमा पारेको देखियो ।
यता उता भौतारिंदै चारेको देखियो ।
आफूलाई आफैँ हराउँदै के खोज्दैछ ?
कर्तव्य भुल्दै मान्छेले टारेको देखियो ।
हिजोआज आफैँसँग हारेको देखियो ।

✍️केशब न्यौपाने, नुवाकोट

पञ्चाङ्ग ०३
सपनामा गाेरु कतै नारेकाे देखियाे
जाेत्न भन्दा त्याे कान्छाले टारेकाे देखियाे
भाेक लाग्याे केही खान देऊ भन्छ कान्छाे
यसैले त भित्री मन हारेकाे देखियाे
खानदिएपछि हलाे सारेकाे देखियाे

✍️ताेयानाथ सुवेदी, काठमाडौं

पञ्चाङ्ग ०४

निर्माेहिले जालमा त पारेकाे देखियाे
बिरुवा झैँ मुटु अन्तै सारेकाे देखियाे
पर्छ जसलाई पीडा उही घाति हुन्छ
दिन्छु साथ भन्दै उता चारेकाे देखियाे
बचाउनु पर्नेले नै मारेकाे देखियाे ।

✍️रामराजा के. सी. फर्पिङ , काठमाडौं
२०७८/१०/१८

पञ्चाङ्ग ०५

दु:खमा सबैले काम सारेको देखियो,
आफ्नु कर्मदेखि आफै हारेको देखियो।
बुझ्नुछ पिडाले जीवन बर्वाद पार्छ ,
सेठले गरिबलाई टारेको देखियो,
गल्ति नभै सोझालाई खारेको देखियो।

✍️दुर्गा आचार्य , मोरङ

पञ्चाङ्ग ०६

जनताका चाहना नै टारेकाे देखियाे
राम्रा काम गर्न पनि हारेकाे देखियाे
mcc जनताकेा चाहना बिरुद्ध छ
नागरिकलाई पासाे पारेकाे देखियाे
नेताले बिदेश तिरै नारेकाे देखियाे।

✍️मधुसूदन प्रसाद घिमिरे ,काठमाडौं

पञ्चाङ्ग ७

सुखी धनीले गरीब नारेको देखियो
श्रम शोसी ज्याला बिना टारेको देखियो
स्वार्थी दुनियाँमा यी आँखाले लौन आज
चर्को डाको गरी डाट्दै खारेको देखियो
घर न घाटको पनि पारेको देखियो

✍️रुपा गौतम, बारा

पञ्चाङ्ग ८

भोलिभोलि भन्दै मिति सारेको देखियो
जो जो निर्धो छ सबैले टारेको देखियो
सानालाई मात्रै कानुन लाग्ने देशमा
निमुखा नै भड्खालोमा पारेको देखियो
गरिबलाई जिउँदै मारेको देखियो

✍️पुष्पा नेपाल (सुवेदी), इलाम

पञ्चाङ्ग ०९

काम चोरले काम टारेको देखियो
बिहानैदेखि गाँउ चारेको देखियो
जथाभावी बोल्दै हिँडेर मान्छे यहाँ
जित्ने मान्छेले पनि हारेको देखियो
चुनावको बेला बुथ सारेको देखियो।

✍️सरस्वती श्रेष्ठ, इटहरी।

पञ्चाङ्ग १०

नेताले काम नगरी टारेकाे देखियो
राम्रा मान्छेले त सधैं हारेको देखियो
बिदेशी संस्कृति जनता विरुद्ध नै छ
सोझा सिधालाई पासो पारेको देखियो
हप्काई दप्काई गरि खारेको देखियो ।

✍️दुर्गा भट्टराई, मोरङ

पञ्चाङ्ग ११

साँइलो भाइले गोरू नारेको देखियो,
खेतबारी रोप्न योग्य पारेको देखियो।
श्रमजीविको सन्तान श्रम गरि बस्छ
हेर् बोट विरूवाहरू सारेको देखियो,
काम चोर जति सबै हारेको देखियो।

✍️अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

पञ्चाङ्ग १२

माया दिई मन उता सारेको देखियो
डाली छानि छानि अन्तै चारेको देखियो
नजिक हुन पो रैछ बनावटी नाता
आखिरमा अलपत्र पारेको देखियो
भाग्यले होला सायद हारेको देखियो ।

✍️चेतना पोखरेल, मोरङ

पञ्चाङ्ग १३

जीवनको खेलखेल्दा हारेको देखियो
सजाएका सपनिती सारेको देखियो
अन्तैकतै मनभड्किएको देखेपछि
अन्तमा लाखैँ सपनी झारेको देखियो
गन्तब्यमा एक्लैएक्लै पारेको देखियो।

✍️सरिता काफ्ले, कोहलपुर बाँके

पञ्चाङ्ग १४

जिन्दगीको ठूलो बाजी हारेको देखियो ।
त्यसैले त अन्तै डेरा सारेको देखियो ।
उकाली र ओरालीमा जीवन चल्दैछ ,
आफन्तको जालझेल पारेको देखियो ।
एकान्तमा गोही आँसु झारेको देखियो ।

✍️आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १५

निमुखालाई गाेरु झैँ नारेकाे देखियाे,
आश्वाशनकाे भाका नै सारेकाे देखियाे।
विश्वास गर्नु कहाँ खै झुटाे छ दुनिया ?
चिप्लाे सार्दै भँड्खालाेमा पारेकाे देखियाे।
दिएका कयाैँ वाचामा हारेकाे देखियाे ।

✍️चन्द्रावती अधिकारी, बाँके कोहलपुर

पञ्चाङ्ग १६

तड्पाएर भुङ्ग्रामाथि खारेको देखियो
हुन्छ, हुन्न दोधारमा पारेको देखियो
खेल्छन् खेल जीवनमाथि मानिस पनि
कुर्दा कुर्दा हरपल, हारेको देखियो
तर्किएर, पन्छिएर टारेको देखियो ।

✍️सविता के.सी., काठमाडौं

पञ्चाङ्ग १७

बाठोले जालमा लाटो पारेको देखियो
धक्का र चोटले निर्धो खारेको देखियो
सागर छिचोल्छु भन्दै बग्दैछ जीवन
सत्कर्ममा पनि सधैं हारेको देखियो
अभावमै जिन्दगानी टारेको देखियो

✍️पद्मा रिजाल, बाँके नेपालगन्ज

पञ्चाङ्ग १८

————–
पाञ्चायन १
————-
——————————————
रात भरी जुवा तास नारेको देखियो
नेताले नै ठूलो पोको पारेको देखियो
राज्य तर्फ वास्ता छैन सिध्याउने भए
सिमाना पो अलि वर सारेको देखियो
हामीलाई ढाँटी छली टारेको देखियो ।
– ।।१।।
नेता द्वारा जनता नै मारेको देखियो
महंगीको मारमा थेचारेको देखियो
ज्यानमारा हरूलाई के माया देशको
बिदेशको तुलनामा हारेको देखियो
देशको ढुकुटी त निखारेको देखियो
– ।।२।।
सपनामा माछा मासु तारेको देखियो
बोसो जति कराहीमा खारेको देखियो
यस्तो सपना त नराम्रो भन्ने सुनेको
नेताहरु गाउँ मा चहारेको देखियो
ठूलाहरूले साना पछारेको देखियो
– ।।३।।
भेटे जति चाप्प चिप्प दारेको देखियो
पाए पछि बोक्रै पो लतारेको देखियो
यस्तो पाराले हुन्छ होला र विकास
हाम्रो देशलाई तल झारेको देखियो
जनतालाई त नबिचारेको देखियो
– ।।४।।
शुरूमा चुच्चे नक्सा उतारेको देखियो
पछि त उनैलाई गुहारेको देखियो
छिमेकी सम्बन्ध रोजी रोटी पनि हो रे
खोई के खोई के हौ बिगारेको देखियो
लेखियो त खोई के तछारेको देखियो ?
– ।।५।।
———————————————-
✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

पञ्चाङ्ग १९

आफ्नै दिमाग दोधारे पारेको देखियो
आज ~भोलि गर्दागर्दै , सारेको देखियो
मन , वचन र कर्म अचम्म रहेछ
आश देखाएर सधैं टारेको देखियो
आफ्नै लागि त्यो लोभी चहारेको देखियो।

✍️प्रेम थापा, बागलुङ

पञ्चाङ्ग २०

यहाँ काम गर्दा गर्दै हारेको देखियो।
धनी व्यक्तिले गरीब मारेको देखियो।
किन धनी गरीब बीच यति भिन्नता,
मानिसलाई पीरमा पारेको देखियो।
ब्यबहार गर्दा तल झारेकाे देखियो।

✍️सुशीला पौडेल, काठमाडौं


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...