Wednesday 26th November 2025

लेखान्की – “मभित्र पनि उसको जन्म नहोस् ।”


“मभित्र पनि उसको जन्म नहोस् ।”

================

तिम्रै अस्तित्त्वलाई म मेरै ठानें,
तिम्रै मानसम्मानलाई मेरै ठानें,
तिम्रो चोटलाई मेरै ठानें,
भङ्गालासँगै दौतरी गांस्दै
बरू आफैलाई घोचाएँ
तर व्यर्थैका ती प्रयासहरू ।
समयका पदचापसँगै
एकदिन मैले मलाई नियाल्न खोजें,
एक पित्को फिस्स हांस्न खोजें,
म उभिन कोशिस गरें
हिड्न खोजें
तर
तिम्रो मुटु पोल्न थालेछ,
रातको निद्रा पनि भागेछ,
हो, मैले थाहा पाएं,
अलिकति टाउको उठाएर फिस्स हांस्न खोज्दा,
कैयौं रात तिम्रा निद्रा हराएछन्
मुटु पोलेछ,
यसैले तिमीसँग सोध्न मन छ,
मेरो सानो खुशीमा रमाउन नसक्ने तिमी
के मेरा हौ ?
तिमी कसरी मेरा आफ्ना हौ ?
अचेल म डराउन थालेकी छु
सांच्चै डराउन थालेकी छु
तिम्रै अस्तित्त्वलाई म मेरै ठानें,
तिम्रै मानसम्मानलाई मेरै ठानें,
तिम्रो चोटलाई मेरै ठानें,
भङ्गालासँगै दौतरी गांस्दै
बरू आफैलाई घोचाएँ
तर व्यर्थैका ती प्रयासहरू ।
समयका पदचापसँगै
एकदिन मैले मलाई नियाल्न खोजें,
एक पित्को फिस्स हांस्न खोजें,
म उभिन कोशिस गरें
हिड्न खोजें
तर
तिम्रो मुटु पोल्न थालेछ,
रातको निद्रा पनि भागेछ,
हो, मैले थाहा पाएं,
अलिकति टाउको उठाएर फिस्स हांस्न खोज्दा,
कैयौं रात तिम्रा निद्रा हराएछन्
मुटु पोलेछ,
यसैले तिमीसँग सोध्न मन छ,
मेरो सानो खुशीमा रमाउन नसक्ने तिमी
के मेरा हौ ?
तिमी कसरी मेरा आफ्ना हौ ?
अचेल म डराउन थालेकी छु
सांच्चै डराउन थालेकी छु
मभित्र पनि उसको जन्म नहोस् ।

-प्रतिभा पुन (काठमाण्डाै)


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...