Wednesday 7th October 2026

वैदेशिक रोजगारीका प्रमुख सात गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्न प्रस्ताव


तीतोपाटी डटकम-नेपालीहरू पुगेका वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ ।
यूनाइटेड अरब इमिरेट्स(यूएई), मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र डिपीकेओमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको हो ।

विभिन्न सात देशमा प्रहरी सहचारी राख्न भन्दै गरिएको प्रस्ताव गृह मन्त्रालयमा पुगेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए ।

कुँवरले भने, ‘प्रहरी सहचारीले नेपाली नियोगमा बसेर सम्बन्धित देशको प्रहरीसँग समन्वय गर्दै त्यहाँ पुग्ने र पुगेका अपराधिक गतिविधिमा संलग्न नेपालीहरूको खोज तलासमा सहयोग गर्नेछ ।’

उनले थपे, ‘त्यति मात्र होइन नेपालमै गैरकानुनी काम गरेर त्यहाँ लुक्न पुगेका नेपालीहरूलाई नियन्त्रणमा लिन र भिजिट भिसा लगायत अवैधानिक कामको नियन्त्रणमा पनि प्रहरी सहचारीले सहजीकरण गर्नेछ ।’

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस (डीपीकेओ) मा पनि प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको बताइएको छ । हाल भारतमा मात्र नेपाल प्रहरीको प्रहरी सहचारी राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...