Sunday 26th July 2026

कुवेतमा हराएका श्रीमानको खोजीका लागि गुहार्दै श्रीमती


तीतोपाटी, काठमाडौं – रोजगारीका लागि कुवेत पुगेका बाग्लुङका मनप्रसाद दमाइ तीन बर्ष देखी परिवारसंग सम्पर्क बिहिन छन । बेपत्ता श्रीमानको खोजीका लागि मनकुमारी दमाइ यती बेला काठमाडौं आएकी छन ।

कुवेत गएको १० महिना सम्म श्रीमान घरमा पैसा पठाउने र सम्पर्कमा रहन्थे । मनकुमारी भन्छिन’ श्रीमान एक्कासी सम्पर्क बिहिन भए पछी दैनिकी गुजारा टार्न र छोरो पढाउन घर छोड्नु पर्‍यो । अहिले नवलपुरमा दैनिक ज्यालादारी गर्दै गरेकी मनकुमारी आफ्नो श्रीमानको खोजीमा सहयोग गरिदिन वैदेशिक रोजगार विभाग मार्फत नेपाली राजदूताबास कुवेत र कुवेतमा रहेका सबै नेपालीहरुमा अनुरोध गर्दछिन ।’

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निःशुल्क कानुनी परमर्श सेवा दिदै आएको पिपुल्स फोरममा निबेदन लेखाएर मनकुमारीले वैदशिक रोजगार विभाग बुद्दनगरमा मंगलबार श्रीमान खोजी गरिदिन अनुरोध सहित निवेदन दर्ता गराएकी छन । विभागले ईमेल मार्फत पररास्ट्र मन्त्रालयको काउन्सिलर विभागमा उक्त अनुरोध पत्र पठाउने छ भने काउन्सिलर विभागले राजदूताबासलाई खोजीका लागि अनुरोध गर्ने छ ।

फोटोमा देखिएका मनप्रसाद दमाइलाई कोही कसैले कुवेतमा देख्नु, भेट्नु वा चिन्नु भएको भए मनकुमारी दमाइ सम्पर्क नं- +९७७९८०५१३६३६२ वा नेपाली दुतावासमा सम्पर्क गरिदिन मनकुमारीले अनुरोध गरेकी छिन ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

मलेसियाले एक अमेरिकी–इजरायली दोहोरो नागरिकलाई देश छोड्न निर्देशन दिएको छ। मलेसियाली अधिकारीहरूले उक्त व्यक्तिसँग इजरायली नागरिकता रहेको पत्ता लगाएपछि यस्तो…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

प्रतिकृयाहरू
...