Sunday 4th October 2026

राप्रपामा राजेन्द्र लिङ्देनले वाजी मारे, कमल थापाद्वारा सपथ ग्रहण कार्यक्रम पनि बहिस्कार


तीतोपाटी – राप्रपामा राजेन्द्र लिङदेनले वाजी मारेका छन् । राप्रपाको पहिलो एकता महाधिवेशनमा कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका हुन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं ३ बाट २०७४ सालको आम निर्वाचनमा विजयी प्रतिनिधि सभा सदस्य हुन् । उनी यसअघि कमल थापा अध्यक्ष रहँदा लगातार दुई कार्यकाल केन्द्रीय समितिका महामन्त्री थिए।

अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पराजय स्वीकार्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई दिदै ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना भनेका थापा नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहमा भने सहभागी भएनन् । अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित थापाले आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित शपथ कार्यक्रम बहिस्कार गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले शपथ लिएर केन्द्रीय सदस्यहरुलाई शपथ गराएका छन् तर उक्त सपथ समारोहमा थापासँगै उनीनिकट केही केन्द्रीय सदस्यले शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...