Tuesday 29th September 2026

इजरायलको रोजगारीमा छनोट भएका कामदारको राहदानीको अवधि तीन वर्षको हुनुपर्ने


तितोपाटी- इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि पीआईबीएले छनोट गरेर रोजगारदाताबाट करार सम्झौता प्राप्त गर्ने कामदारहरूको भिसाका लागि पासपोर्टको म्याद तीन वर्ष अनिवार्य गरिएको छ ।  इजरायल र नेपाबीच भएको समझदारीमा भिसाको प्रक्रिया थालनी गर्न पासपोर्टको म्याद सकिने अवधि कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने प्रावधान छ ।
२०२५ जनवरी ३१ भन्दा यता पासपोर्टको म्याद सकिनेहरूले काठमाडौंमा रहेको राहदानी विभागबाट आफ्नो पासपोर्ट नवीकरण गराउन सकिन्छ । पासपोर्ट नवीकरण गराई अबको पाँच दिनभित्र वैदेशिक रोजगार विभागको इजरायल शाखामा सम्पर्क गर्न विभागले सूचना जारी गरेको छ ।
विभागका अनुसार छनोट भएर रोजगारदाताबाट स्ट्याण्डर्ड इम्प्लोइमेन्ट कन्ट्रयाक्ट प्राप्त हुने उम्मेदवारहरूको भिसाका लागि सम्बन्धित निकायमा प्रक्रिया थाल्ने समयमा पासपोर्टको म्याद अनिवार्य रूपमा तीन वर्षको हुनुपर्नेछ ।  इजरायल रोजगारीका लागि छनोट भएकाहरूले काठमाडौंका विभिन्न पाँच अस्पताल (वीर अस्पताल, निजामती सेवा अस्पताल मीनभवन, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी बल अस्पताल बलम्बु) मा खोप लगाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यी केन्द्रहरूमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्ने विभागले जनाएको छ ।शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...