Tuesday 28th October 2025

सल्यानको कपुरकोटमा यात्रुवाहक बस दूर्घटना, १२ जनाको मृत्यु


तीतोपाटी – सल्यानको कपुरकोट गाउँपालिका ५ खारखोलामा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने दूर्घटनामा ज्यान गुमाउनेहरू सबैको सनाखत भएको छ । दूर्घटनामा दर्जनाै यात्रुहरू गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा छत्रेस्वरी गाउँपालिका २ दमाचौरका वर्ष २९ का तीलक ओली र घोराही उपमहानगरपालिकाकी वर्ष ६५ की ईन्द्रा अधिकारी, बबई गाउँपालिका ६की वर्ष ६० की कलादेवी बुढाथोकी, वर्ष ६५ की गैलीदेवी रेउले, शान्तिनगर गाउँपालिका ८ की ३५ की साबित्रा केसी छन् । त्यसै गरि शारदा नगरपालिका १२ की ५३ की प्रभा चलाउने, वडा नं २ की ६५ की मीना डाँगी, ३ की ६६ की लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ की २४ की मीना शाही, घोराही उमनपा १० की वर्ष ३६ की रुपा केसी, त्रिवेणी गाउँपालिका ४ की बालिका सरिता बोहरा, शान्तिनगर गाउँपालिका ६ दाङका सुरज ओली रहेका छन् ।

खलंगाबाट तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन । तर तीव्र गति र क्षमताभन्दा बढी यात्रु चढाइएका कारण दुर्घटना भएको आशंका गरिएको छ ।बस सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो । बसमा ४० भन्दा बढी यात्रु सवार थिए । दूर्घटना पछि बसका चालक भने फरार छन् प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार गम्भिर घाइते भएका १८ मध्ये ८ जनालाई हेलिकप्टरबाट र १० जनालाई गाडीबाट उपचारका लागि नेपालगन्ज लगिएको छ । सामान्य घाइते भएका १० जनाको जिल्ला अस्पताल र निजी अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ ।…

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान…

पाकिस्तानी मिडियाका अनुसार इस्लामाबादले आतंकवाद विरोधी प्रयासहरूमा सहयोग सहित प्रमुख सुरक्षा मुद्दाहरूमा तालिबानले "अतार्किक र अलग" अडान लिएको आरोप लगाएपछि…

प्रतिकृयाहरू
...