Tuesday 14th April 2026

राष्ट्रको भविष्यप्रति जनताको सोचाइ


बि. आर. उप्रेती, बारा, नेपाल – नेपालका नागरिकले सबै किसिमका सुख दु:ख भोग्दै छन् कुनै ठाउँमा असल नेता भएका स्थानमा राम्रो विकास भएको हुन्छ त्यहाँ मिठो अनुभव प्राप्त गरेका हुन्छन् भने कुनै ठाउँका भ्रष्ट नेता भएका ठाउँमा तितो अनुभव प्राप्त गरेका हुन्छन् । जहाँ विकास नभएर भ्रष्ट नेताले जनताहरु निरासबाट ब्युँतिएका छन् किनभने पटकपटक बदलिएको शासनको मुल्यांकन गर्दा यस बिचमा जनताको गाँस, बास, कपास अनि यातायात, शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता आधारभूत आवश्यकता परिपुर्ति गराई देशलाई झिलिमिली बनाउँछु भनी जनताका विश्वासपात्र भइ अघि बढेका विभिन्न राजनीतिक दलमा आवद्ध भइ नेता भएका व्यक्तिहरुले २०४६ मा हजारौं वीर नेपाली सहिदहरुको बलिदान पछि प्राप्त बहुदलिय व्यवस्था देखि हाल गणतन्त्रात्मक शासन व्यवस्थासम्म पुग्दा कुन कुन नेताहरुले के कस्ता काम गरे? जनता र राष्ट्रको निमित्त के गर्नु पर्थ्यो अनि के के गरे के भयो? यो तिन दशक भन्दा बढी समय व्यतीत गरि सक्दा यतिखेरको राजनैतिक अवस्थाबाट छर्लङ्ग भएको छ।

विगत केही समय अघि देखि नै राजनैतिक दल भित्रका आन्तरिक झैझगडा गुटबन्दी जस्ता अराजनीतिक क्रियाकलाप गर्दै पार्टी फुटाउने, सरकार भत्काउने जस्ता अवाञ्छनिय काम गरेको देख्दा जनताहरु टुलुटुलु हेरेर बस्ने २००७ साल भन्दा अघिका जनता जस्ता सोचेका होलान् अब त सबै नेपाली जनताहरु त्यस्ता छैनन् । अब त अक्षरस मूल्यांकन गर्छन् । एउटा राजनैतिक दलले अर्को दलको खोइरो खन्ने त चलन नै भइ हाल्यो ।

अहिले भन्दा केही समय अघि देखि त झन् आ-आफ्नै पार्टी भित्र भागबन्डाको कुरा भए, आफ्नो कुरा लागू हुनैपर्छ भन्ने कुरा भए, यस्ता घमण्ड र अहंकारले पार्टी फुटाएपछी एकले अर्कोलाई गाली गलौज गर्ने विगतका गलत कामको जानकारी जनतालाई दिने गरेको थाहा भयो यसरी धेरै नेता र कार्यकर्ताहरुको कालाकर्तुत थाहा नै भइ सक्यो ।

यसरी समय परिवर्तन हुँदै गर्दा देशको संवैधानिक शासन अन्तरगत क्रमशः निकट भविष्यमा पुनः सबै तहको निर्वाचन हुँदैछ देशभर । उपरोक्त माथि उल्लेख भए अनुसार अब जनताहरु चर्चा गरिरहेका छन् कि अबको चुनावमा कुन नेताले के भनेर भोट बटुल्न आउँछन् हेर्नु छ अहिले ठाउँ ठाउँका कार्यक्रममा खुट्टा ठट्टाउँदै, औंला ठड्याउँदै हामीले असल काम गर्यौ वा गर्न खोज्दा फलानोले गर्न दिएन जस्ता बनावटी कुरा नगरे हुन्छ बरु विगतका समयमा हामीले यो यो गल्ती गर्यौ क्षमा आलोचना गर्छौं भनेर जनताका अगाडि साँचो कुरा साँचो भाषण गर्ने हो भने जनताले सुन्लान् नत्र…..जतासुकै पनि यस्तै यस्तै चर्चा गरिरहन्छ्न् नेपाली जनताहरु। एक एक यथार्थ पत्ता लगाई सकेकाछौं भन्छन् । त्यसकारण जनताहरुलाई झुक्याउने कुरा नगर्नुस् साँचो पक्षमा रहनुस् र सत्य कर्म मात्रै गर्नुस् अनि मात्रै जनता र राष्ट्र सुखी सम्पन्न भइ तपाई नेताहरू पनि मर्यादित भइ असल छबिको नेता बन्नु हुनेछ । नत्र कुरा उहि हो बुझे भैगयो भन्छन् जतासुकै पनि यस्तै यस्तै चर्चा गरिरहन्छन् नेपाली जनताहरु ।


सम्बन्धित शीर्षकहरु

रूस–युक्रेन युद्धमा पहिलो पटक मानवरहित सैन्य प्रणालीमार्फत शत्रुको एक स्थान कब्जा गरिएको युक्रेनी राष्ट्रपति Volodymyr Zelenskyy ले बताएका छन्। उनका…

पाकिस्तानको इस्लामाबादमा अमेरिका र ईरानबीच भएको उच्चस्तरीय वार्ता प्रमुख विवादका विषयमा सहमति जुट्न नसक्दा सम्झौताविना समाप्त भएको छ। अमेरिकी उपराष्ट्रपति…

काठमाडौं, चैत २२ — पोर्चुगल सरकारले काठमाडौंमा आफ्नो कन्सुलर कार्यालय स्थापना गर्ने घोषणा गरेको छ। पोर्चुगलको विदेश मन्त्रालयले आधिकारिक सामाजिक…

प्रतिकृयाहरू
...