Thursday 30th October 2025

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नागरिक पेन्सन योजनामा आवद्ध गराइने


तितोपाटी- नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हस्ताक्षर गरेका छन् ।
वैदेशिक रोजारीमा रहेका नेपालीलाई नागरिक पेन्सन योजनामा आवद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्रावधिक सयोगमा कोष र रेमिटयान्स कम्पनीहरुको सफ्टवेयरलाई आवद्धता गर्ने सफ्टवेयर निर्माण गरेको थियो । उक्त सफ्टवेयरको निर्माणसँगै आइएमईसँग भएको समझदारीले वैदेशिक रोजागारीमा रहेका नेपालीले सहज रुपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने कोषले जनाएको छ । बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार, आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को जमिनमा ठोक्किने प्रक्रिया सुरु…

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ ।…

प्रतिकृयाहरू
...