Friday 12th December 2025

अबैध सम्बन्धबाट बच्चा जन्माएर फालेको आरोपमा कुवेतमा नेपाली जोडी पक्राउ


तीतोपाटी डटकम- कुवेतमा अबैध सम्बन्धबाट बच्चा जन्माएर फोहोर फाल्ने कन्टेनर फालेको आरोपमा नेपाली महिला संगै प्रेमी पक्राउ परेका छन।उक्त घटना कुवेतको फरवानियामा भएको हो। पक्राउ परेका दुबै जोडीको हाल सम्म परिचय खुलाइएको छैन।

उक्त घटनाको बारेमा फिलिपिनो नागरिकद्वारा प्रहरीलाई लाई जानकारी दिएको बताइएको छ । आफु बाटोमा हिडीरहेको सोही समयमा उनले एक महिला र एक पुरुषलाई शंकास्पद ढंगले एउटा फोहोरको कन्टेनरमा एक नवजात शिशुलाई फ्याँक्न कोसिस गरीरहेको देखेको र तत्काल कुवेत प्रहरीलाई सम्पर्क गरेको, जसले गर्दा समयमै प्रहरी घटनास्थलमा आइपुगेको घटनास्थलका प्रतक्षय दर्शी फिलिपिनो नागरिकले बताएको आन्तरिक मन्त्रालयलाई उद्धत गर्दै अरब टाइम्सले जनाएको छ।

नेपाली जोडी संग एक कचरा कन्टेनर भित्र एउटा बच्चा भेटीए पछी प्रहरीले दुबै अभियुक्तलाई गिरफ्तार गरी उनीहरुलाई थप अनुसन्धानको लागी पठाइएको छ। अनुसन्धानको क्रममा उनीहरु दुबै शिशुको आमा बुबा रहेका र अवैध सम्बन्धका कारण शिशुलाई जन्म दिएको आरोपीले बताएका छन। बाकी दुबै अभियुक्त प्रहरी हिरासतमा छन् र उनीहरु बिरुद्ध कानूनी कारबाही भईरहेको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पामा अन्तरास्ट्रिय आप्रवासन दिवस २०२५ को अवसर पारेर "आप्रवासी श्रमिक सञ्जाल" गठन भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत…

न्यूयोर्क: संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तले बिहीबार म्यानमारको एक अस्पतालमा भएको हवाई आक्रमणको अनुसन्धान गर्न आह्वान गरेका छन् जसमा बिरामीहरू…

धेरै विश्वासिलो अन्तर्राष्ट्रिय रिपोर्टहरू अनुसार साउदी अरबले परम्परागत पूर्ण मदिरा प्रतिबन्धलाई पूर्ण रूपमा हटाएको औपचारिक घोषणा गरेन भने पनि, एक…

प्रतिकृयाहरू
...