Monday 12th January 2026

ल्याण्डिङ गियर देखाउने इण्डिकेटरले काम गर्न नसक्दा समस्या आयो : बुद्ध एयर


तीतोपाटी डटकम-११ असोज, काठमाडौं । काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरणमा भएको समस्याबारे बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार जहाजमा कुल ७३ जना यात्रु थिए । जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएको थियो । त्यहाँको टावरले समेत गियर नझरेको जानकारी गरायो । त्यसपछि जहाज काठमाडौं फर्काउने निर्णय पाइलटले लिए । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंका आकाशमा फन्को मारेको थियो । त्यसबेला सबै सुरक्षा मापदण्ड पूरा गरी जहाज सुरक्षित अवतरण गरेको कम्पनीले जनाएको छ ।

बुद्ध एयरका अनुसार जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर हुन्छन् । जसअनुसार प्राइमरी इण्डिकेटरमा संकेत नदेखिए पनि सेकेन्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको थियो । यसरी सेकेण्डरी इन्डिकेटरमा बत्ती बलेको अवस्थामा पनि ल्याण्डिङ गियर खुलेको मानिन्छ ।

सुरक्षामा शून्य सहनसिलता अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौं फर्काउने निर्णय लिएको कम्पनीले जनाएको छ ।

काठमाडौं आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दिइएको थियो । सोही अनुसार जहाज सुरक्षित अवतरण गराइएको छ । यस क्रममा यात्रुमा परेको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ । सुरक्षित हवाई यात्राको प्रतिवद्धता समेत कम्पनीले गरेको छ ।

अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...