Thursday 15th October 2026

लघुकथा : “मातृसत्ता”को पाठकीय टिप्पणी


बन्दना घिमिरे, गठ्ठाघर,भक्तपुर – पिता प्रेम प्रसाद थापा र माता यशाेधा देवी थापाकाे सुपुत्रकाे रूपमा बि.सं २०२३ पुस ५ मा थाङ्कानफाई सदर हिल्स साइकुल मणिपुरमा जन्मिनु भएका श्रष्टा देवीप्रसाद थापा ” मामा” ले २०७८/६/७ गते बिहीबार हाम्राे लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा “मातृसता” पढेपछि मेराे मनमा आएका भावनाहरूलाई यहाँ प्रस्तुत गर्ने काेशिस गरेकी छु ।

साहित्यकार देवीप्रसाद थापा “मामा” जुलाई १६,२०२० देखि हाम्राे लघुकथा पाठशालामा जाेडिनु भई नियमित लघुकथा प्रेषित गर्नुहुन्छ । उहाँका कथाहरुले समाजका संगति / बिसंगति उजागर गरेका मैले पाएकी छु । सन् १९८८ देखि शिक्षण पेसामा आबद्ध हुँदै आउनु भएका श्रष्टा साहित्य साधनामा निरन्तर लागि रहनु भएकाे छ । उहाँका आमा, बाबा,सासू , माइती र एकथाेपा आँशु नेपाली लघुकथा कृति , “इचे शर्मीला” मणिपुर कविता संङ्ग्रह, “काैब्रेकाे काखबाट” नेपाली कविता संङ्ग्रह प्रकाशित भईसकेकाे छ। विभिन्न साहित्यिक तथा सामाजिक संघ संस्थामा रहेर काम गर्दै आउनु भएका लघुकथाकार देवीप्रसाद थापा ज्यू संयुक्त सचिव गाेर्खा सुधार संघ मणिपुर, संयाेजक सचिव – नेपाली संस्कृति सुरक्षा परिषद मणिपुर,उपदेष्टा न. यू. स काङ्लाताेङ्बी , आजीवन सदस्य – भारतिय गाेर्खा परिसंघ मणिपुर लगायत अन्य थुप्रै संघ संस्थाहरुमा संलग्न हुनुहुन्छ । उहाँले प्राप्त गर्नु भएका पुरस्कार र सम्मानहरूमा- काङ्लाताेङ्बी गाेर्खा यूवा संघद्वारा गाउँकाे उत्कृष्ट ब्यक्तित्व सम्मान -२०१५ ,गाेर्खा ज्याेती प्रकाशन मणिपुरद्वारा उत्कृष्ट लघुकथाकार सम्मान- २०१८ रहेका छन्।

मात्रै ६६ शब्दमा लेखिएको लघुकथा “मातृसत्ता” नारी प्रधान कथा हाे । यस कथाकाे शुरुवात पुरुष पात्र बिर्खेबाट भएपनि कथा उसकी श्रीमती देउमायाकाे वरिपरि घुमेकाे छ । कथामा मुख्य पात्रकाे रुपमा पुरुष पात्र बिर्खे र महिला पात्र देउमाया रहेका छन् भने अाठवटा संन्तानहरु र दाेस्राे पति गाैण पात्रकाे रुपमा छन् ।

हाम्राे समाजमा बिशेषगरी आर्थिक समस्याको कारण जन्मथलाे छाेडेर हिड्नुपर्ने बाध्यतालाई कथाले उदाङ्ग पारेकाे छ । मानिस लाई कुनबेला के आईपर्छ कसैले साेचेकाे हुदैन । आठवटा संन्तान र श्रीमती सहित परदेशिएकाे बिर्खेकाे अकस्मात् मृत्युपछि उसकी श्रीमतीको जीवनमा आईपरेकाे पीडा, बज्रपात कहालीलाग्दो छ । आफन्त नभएकाे नयाँ ठाउँमा पाईला पाईलामा ढुंगा चबाउनु परेकाे छ । यस्तोमा पुनःस्थापनाको संघर्ष स्वरुप फेरि बिहे गरि देउमायाले जुन उसकाे रहर नभई बाध्यता र आवश्यकता हाे ।

गाउँलेहरुबाट अनेकौं उपमाहरु पाएपनि संन्तानहरुलाई सुरक्षित राख्न उसले सबथोक सहन बााध्य भई अर्थात् मातृत्वकाे अगाडि यस्ता लान्छनाहरुकाे कुनै अर्थ रहदैन भन्ने भनाइलाई कथाकारले मार्मिक ढंगबाट प्रस्तुत गर्नुभएको छ ।आठ संन्तानकी आमा, सबैकी एकैमात्र प्राण साझा भबिस्य भएकीले मातृसत्ता थिई भन्दै कथाकाे अन्त्य भएकाे छ । कथा पढदै जाँदा ३० सेकेन्डमा नै मन मुटुमा तिखाे सुईराेले घाेचेझै हुदै अन्त्यमा पुग्दा ठिक निर्णय गरि देउमायाले भन्ने साेच्न बाध्य हुन्छ पाठक ।यसकारण कथा सफल छ । सरल र सटिक छ ।
कथामा थाेरै शब्दले धेरै भाव समेटेको छ । लघुकथाकाे मानक कथा भन्दा अत्युक्ति हुदैन भन्ने लाग्छ मलाई ।

अन्त्यमा साहित्यकार देवीप्रसाद थापा ज्युकाे कलम निरन्तर चलिरहाेस् । उहाँकाे साहित्ययात्राले सगरमाथाकाे शिखर चुमाेस भन्दै सुस्वास्थ, दिर्घायु तथा अटल श्रीबृध्दीकाे काेटीकाेटी शुभकामना व्यक्त गर्दछु ।

लघुकथा: मातृसत्ता
लेखक:देबीप्रसाद थापा’मामा’
मणिपुर,भारत

केही समस्याहरूका कारण जन्मथलो छोडेर बिर्खे पलायन भयो।
अर्को बैशाखमा उसको चोला उट्यो।
बर्सेनिका भन्ट्याङभुन्टुङ आठ सन्तान।नयाँ मुलुक। आफन्त नभएको ठाउँ। पाइला पाइलामा देउमायाले ढुङ्गा चबाउनु पर्‍यो।
हुँदाहुँदै लोग्ने मरेको चार महिना पछि उसले पुनः सिउँदो भरी।
यता गाउँलेहरूबाट उसले अनेकौं उपमाहरू पाई। ऊ नकच्चरी भई। वेश्या भई। लबस्तरी भई।
उता आफू आठ सन्तानहरूकी एकमात्र प्राण थिई। भविष्य थिई। मातृसत्ता थिई।


सम्बन्धित शीर्षकहरु

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना…

प्रतिकृयाहरू
...