Wednesday 15th October 2025

कुवेतमा ५ थैलो लागु औषध (हिरोईन)सहित एक नेपाली पक्राउ


तितोपाटी- कुवेतको हवालीस्थित प्रहरीले लागुऔषध (हिरोईन) सहित एकजना नेपालीलाई पक्राउ गरेको छ ।

हवालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीको क्रममा उक्त अवैध हिरोईन सहित एक जना नेपालीलाई पक्राउ गरेको आन्तरिक सुरक्षा मन्त्रालयलाई उद्धत गर्दै अरबटाइम्सले जनाएको छ।

गस्तीको क्रममा एक खुल्ला स्थानमा कार पार्किंग गरीएको देखेपछी प्रहरीले सोही स्थानमा गइ उक्त कार भित्र रहेका चालकलाई सोधपुछ गर्ने क्रममा प्रहरीलाई शंका लागी सकेपछी पुन प्रहरीले कार भित्र खोजतलास थालेको थियो ।पछी खोज तलास गर्दै जादा पाँच थैला
हेरोइन उनको साथमा भेटिएको थियो ।

प्रहरीले शोधपुछ गर्ने क्रममा आफुले एक ग्राहकलाई पर्खिरहेको बताएका छन। बाकी घटना बारे थप अनुसन्धानका लागी लागुऔषध विभागमा पठाइएको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...