Thursday 15th October 2026

लघुकथा: गुडिया -नारायण कोइराला


बिजुली गएर मेरी छोरी हैरान थिइन्।उज्यालोको लागि मइन् बत्ती जलिरहेका थिए।
सानी छोरी त्यही धिपधिप जलिरहेको बत्ती संग खेल्दै थिईन्।

बत्तीको उज्यालोमा रमाउँदै रहेकी छोरी टेबलमा रहेको मोबाइल ल्याएर मलाई दिइन्। छोरीको इच्छा बुझिसकेको थिए।उनी कसरी बुज्छिन र? सानै थिइन्। बेट्री पनि सकिएकोले मोबाइल खुल्ने अवस्था थिएन्।

छोरी एकोहोरो मोबाइल हेर्दै रुन थालिन्। श्रीमती, एउटी छोरी भुलाउन नसक्ने भन्दै भान्सा तिर भुन्भुनाउँदै थिइन । म अलमल! के गरु ? न त छोरीको रुवाई रोकीन्छ।नत बिजुली आऊने सुरसार ।

म अर्को कोठामा गएर आमाको पुरानो काठे बाकस खोलें। मेरी छोरी पनि रुँदै पुगिन्।मेरो अगाडी मोबाइल फालिन। काठे बाकसमा पुराना मेरा खेलौना थिए। मैले आफ्नो बचपन देखे।बाकस देख्ने बित्तिकै छोरीको आखाँ त्यतै गए। छोरीको हातमा पुरानो गुडिया थियो ।अनुहारमा हल्का हाँसो।

नारायण कोइराला
तानसेन, पाल्पा
हाल: यूएई।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...