Friday 19th September 2025

बदर अल समा मेडिकल सेन्टर कुवेतको नि:शुल्क स्वास्थ्य शिविरमा १६०जनाले गराए स्वास्थ्य परिक्षण


तितोपाटी- बदर अल समा मेडिकल सेन्टरले गत १० सेप्टेम्बरको दिन कुवेत केरेला प्रवासी एसोसिएशन (केकेपीए) को समन्वयमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त स्वास्थ्य शिविरमा कुल १६० सदस्यहरु सहभागी थिए।

केरला प्रवासी एसोसिएशन (केकेपीए) को संयुक्त सहकार्यमा सोही स्वास्थ्य शिविर आयोजना गरिएको थियो।

बदर अल समा मेडिकल सेन्टर र (केकेपीए)को संयुक्तमा आयोजित उक्त कार्यक्रममा, (केकेपीए)अध्यक्ष जाकिर पुथे पालमले शिविरको अध्यक्षता गरेका थिए।

प्रवासी क्षेमानिदी बोर्डका निर्देशक अजित कुमार वायालाले शिविरको उद्घाटन गरेका थिए।
नैनान जोन्स (अर्थोडक्स चर्च को प्रबन्ध समिति) लगायत उक्त कार्यक्रममा, रजाक (शाखा प्रबन्धक)अनस (व्यापार विकास संयोजक)मिस प्रेमा (मार्केटि कम्पनी समन्वयक) मिस अमानी र (केकेपीए)समितिका सदस्य सुशीला कन्नूर (केकेपीए महासचिव)संरक्षक थॉमस पल्लीकल, कोषाध्यक्ष बैजूलाल सजीव चावक्कड द्वारा सम्मानित सरमा जोन्स (उपाध्यक्ष) सुरेश पुलिकल (कानूनी सल्लाहकार अधिवक्ता) अब्दुल कलाम मौलवी (सल्लाहकार समिति) सिराजुद्दीन थोट्टाप्पु, वनाजा राजन (सचिव) लगायतको उपस्थित रहेको थियो।

कार्यक्रममा उपस्थित विभिन्न संघ पदाधिकारी, त्रिशूर, कन्नूर, पलक्कड, र कोल्लम जिल्ला संघ पदाधिकारी र अर्थोडक्स चर्चको प्रबन्ध समिति को सदस्य, कार्यक्रम संयोजक जोस जर्जले, सहभागीहरुलाई धन्यवाद दिएका थिए।


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...