Friday 24th July 2026

भारतबाट कुवेत आउन ५९० केडी


तोयानाथ उपेक्षित- छिमेकी देश भारतबाट कुवेत आउने क्रम आज बाट शुरु हुदैछ तर यसका लागि टिकटको चर्को मूल्य चुकाउन पर्नेछ । कोभिडको पछिल्लो चरणमा नयाँ म्युटेशन डेल्टा को प्रकोप फैलिएसँगै कुवेतले दक्षिण एषिया लगायत का धेरै देशहरुको उडानलाई रोकेकोमा अब त्यो प्रतिबन्ध लाई हटाएको छ । तर अत्यान्त्यै कम संख्यामा कोटा तोकेको कारण जहाँज को टिकट को मूल्य भने आकाशिएको हो ।

कुवेतबाट प्रकाशित हुने अखबारहरुले जनाए अनुसार ईन्डियाबाट प्रत्येक दिन कुवेतका लागि ७६८ जनाको कोटा तोकिएको छ । आउन चाहाने धेरै तर जहाजको सिमित कोटाका कारण मूल्य अकाशिएको हो । आज बाट चेन्नाई र मुम्बईको उडान कुवेतका लागि हुनेछ भने भोलीबाट दिल्ली र कोचिनको उडान थपिने भएको छ ।

भारतबाट कुवेत का लागि कुवेत एयरवेज र अलजजिरा ले उडान भर्नेछन । भारतिय विमान कम्पनीहरुले भने सेप्टेम्बर तीस बाट मात्र उडान खोल्ने छन ।

कुवेतमा लेबर मार्केटको माग धेरै भए पनि न्यनतम बेसिक तबल १०० केडी भारतिय लेबरका लागि र नेपालका लागि ८५ केडी को डिमान नआउदा सम्म सम्बन्धित दुतावासहरुले माग पत्र स्वीकार नगर्ने निती लिएका कारण नेपाल तथा भारतबाट तल्लो दर्जाका कामदार ल्याउन कठिनाई भईरहेको कम्पनीहरुको गुनासो छ । प्राय गरेर सेक्युरिटी तथा क्लिनिंग कम्पनीहरुका बीच अधिक प्रतिस्पर्दाका कारण उनीहरुले दुतावासले तोकेको रेटमा लेबर ल्याउन सक्ने संभावना कम देखिन्छ ।

नेपालबाट कुवेत आउन का लागि भने अहिले सम्म क्लियर पिक्चर बाहिर आउन सकेको छैन । जहाजहरुले दोहरो व्यवशायीक उडानका लागि आवेदन नगरेको कारण उनीहरुले नेपालका लागि कोटा पाउने बाटो खुलेको छैन ।


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...