Friday 16th January 2026

भारतबाट कुवेत आउन ५९० केडी


तोयानाथ उपेक्षित- छिमेकी देश भारतबाट कुवेत आउने क्रम आज बाट शुरु हुदैछ तर यसका लागि टिकटको चर्को मूल्य चुकाउन पर्नेछ । कोभिडको पछिल्लो चरणमा नयाँ म्युटेशन डेल्टा को प्रकोप फैलिएसँगै कुवेतले दक्षिण एषिया लगायत का धेरै देशहरुको उडानलाई रोकेकोमा अब त्यो प्रतिबन्ध लाई हटाएको छ । तर अत्यान्त्यै कम संख्यामा कोटा तोकेको कारण जहाँज को टिकट को मूल्य भने आकाशिएको हो ।

कुवेतबाट प्रकाशित हुने अखबारहरुले जनाए अनुसार ईन्डियाबाट प्रत्येक दिन कुवेतका लागि ७६८ जनाको कोटा तोकिएको छ । आउन चाहाने धेरै तर जहाजको सिमित कोटाका कारण मूल्य अकाशिएको हो । आज बाट चेन्नाई र मुम्बईको उडान कुवेतका लागि हुनेछ भने भोलीबाट दिल्ली र कोचिनको उडान थपिने भएको छ ।

भारतबाट कुवेत का लागि कुवेत एयरवेज र अलजजिरा ले उडान भर्नेछन । भारतिय विमान कम्पनीहरुले भने सेप्टेम्बर तीस बाट मात्र उडान खोल्ने छन ।

कुवेतमा लेबर मार्केटको माग धेरै भए पनि न्यनतम बेसिक तबल १०० केडी भारतिय लेबरका लागि र नेपालका लागि ८५ केडी को डिमान नआउदा सम्म सम्बन्धित दुतावासहरुले माग पत्र स्वीकार नगर्ने निती लिएका कारण नेपाल तथा भारतबाट तल्लो दर्जाका कामदार ल्याउन कठिनाई भईरहेको कम्पनीहरुको गुनासो छ । प्राय गरेर सेक्युरिटी तथा क्लिनिंग कम्पनीहरुका बीच अधिक प्रतिस्पर्दाका कारण उनीहरुले दुतावासले तोकेको रेटमा लेबर ल्याउन सक्ने संभावना कम देखिन्छ ।

नेपालबाट कुवेत आउन का लागि भने अहिले सम्म क्लियर पिक्चर बाहिर आउन सकेको छैन । जहाजहरुले दोहरो व्यवशायीक उडानका लागि आवेदन नगरेको कारण उनीहरुले नेपालका लागि कोटा पाउने बाटो खुलेको छैन ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...