Friday 7th August 2026

कुवेतमा लोकल मदिरा सहित ४ नेपाली पक्राउ


तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा चार जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ ।

कुवेतको हवालीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा हवाली पुलिसले चार जना नेपालीलाई पक्राउ गरेको अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ।

यसियाली नागरिकद्वारा अबैध मदिरा बेच बिखन गरीरहेको थाहा पाएपछी सोही क्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा छापा मारेको हो।

सुरक्षाकर्मी र कुवेत नगरपालिकाले संयुक्त अपरेसनमा पहिले क्षेत्र घेरा हालेर अपार्टमेन्टमा छापा मारेको थियो।उनीहरुको नागरिक पहिचान कार्ड जाँच गर्दा उनीहरु नेपाली रहेको र उनीहरु मध्ये एक जना नेपाली पहिला देखीनै आरोपित सूचीमा रहेकोले कुवेत पुलिसले खोजी गर्दै आएको बताइएको छ।

हवाली सेक्युरिटीद्वारा उक्त कारखाना भित्र छापा मार्दा त्यहाँ नेपालीद्वारा अवैद्य मदिरा बनाउने गरेको पाएको समाचारमा उल्लेख छ। छापा मार्ने क्रममा ठूलो परिमाणमा बेच्नका लागि तयारी अवस्थामा राखिएको मदिरा बरामद गरेको छ। जसमध्य ब्यारल लोकल मदिरा प्रहरीले बरामद गरेको थियो।पक्राउ परेकाहरु चारै जनालाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ भने कानुनी कारवाई अनुसार देश फर्काउने तयारी भइरहेको बताइएको समाचारमा उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

बेलायतको Heathrow Airport मा कार्यरत एक सुरक्षा अधिकारीले प्यालेस्टिनी झण्डा अंकित ब्याज हटाउन दिएको निर्देशनलाई धार्मिक तथा जातीय विभेद भएको…

किभ । रूसले गरेको पछिल्लो भीषण हवाई आक्रमणमा युक्रेनले एउटै पनि ब्यालेस्टिक मिसाइल अवरोध गर्न नसकेको युक्रेनी वायुसेनाले जनाएको छ।…

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

प्रतिकृयाहरू
...