Thursday 30th October 2025

१९ वर्षको उमेरमै वडा सभापति!


तीतोपाटी – सुन्दा अचम्म लाग्छ तर यो वास्तविकता हो । दैलेखको दुल्लु नगरपालिका ३ नेपाकी १९ वर्षीया स्वस्तिका महत नेपाली कांग्रेसको वडा अधिवेशनबाट सभापति निर्वाचित भएकी हुन् । राजनीतिक दलको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्छ भन्ने बहस चलिरहेकै बेला वडा तहको अधिवेशनमा उनी नेतृत्वमा आएकी हुन् । उनी  हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी हुन्।

सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको लागि हाल  वडा तहमा अधिवेशन भइरहेका छन् । महाधिवेशनका लागि वडा तहमा भइरहेको अधिवेशनमा वडाको नेतृत्व युवाहरुले लिनुलाइ निकै अर्थपूर्ण रूपमा हेरिएको छ । अन्य क्षेत्रमा सानो उमेरमै सफलता हासिल गरे पनि राजनीतिक क्षेत्रमा सानो उमेरमा नेतृत्वमा आउनुले समाज परिवर्तनमा युवाको चासो बढेको देखाउँछ ।

स्वस्तिका कांग्रेस दैलेखका नेता भुपेन्द्रजंग महतको छोरी हुन् । नेपाली कांग्रेस दैलेखको उप-सभापति समेत रहेका भुपेन्द्रजंग महतको दुई वर्षअघि निधन भएको थियो । नेपालगञ्ज टेक्निकल कलेजबाट एचएको पढाइ सकेकी स्वस्तिका बुवाको निधनपछि राजनीतिमा होमिएकी हुन् ।

 


सम्बन्धित शीर्षकहरु

कुवेतले लागूऔषध र मनोरोगजन्य पदार्थ विरुद्धको आफ्नो जारी लडाईमा निर्णायक कदम चालेको छ। मन्त्रिपरिषद्ले लागूऔषध ओसारपसार र सम्बन्धित अपराधका लागि…

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार, आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को जमिनमा ठोक्किने प्रक्रिया सुरु…

प्रतिकृयाहरू
...