Wednesday 26th November 2025

सुदूरपश्चिमको मौलिक रैथाने परिकार ‘डुप्क्या फाणो’


आर. बी. बुढाथोकी- तीतोपाटी डटकम-सुदूरपश्चिमको मौलिक रैथाने परिकार ‘डुप्क्या फाणो’ निकै स्वादिष्ट, स्वस्थवद्र्धक र लोकप्रिय परिकार हो । मासको दालको पेस्टबाट बनाइने ‘डुप्क्या फाणो’ परिकार पछिल्लो समय धेरैले मन पराउन थालेका छन् ।‘डुप्क्या फाणो’ अन्य दालको पनि बनाउन सकिन्छ तर मासको ‘डुप्क्या फाणो’ खानुको मजा नै बेग्लै हुन्छ ।

‘डुप्क्या फाणो’ बनाउन चाहिने सामग्रीः
मासको दाल १–२ किलोग्राम, तोरीको तेल ४० एमएल, गेडा जिरा १–२ चिया चम्चा, अदुवा ७ ग्राम, लसुन १२ ग्राम, सुकेको खुर्सानी ४ पिस, मरिच ६ पिस, बेसार १–२ चिया चम्चा, नून स्वाद अनुसार, पानी ७५० एमएल, हरियो धनियाँ १–२ मुठा, कागतीको रस या चुक अमिलो २ चिया चम्चा ।

‘डुप्क्या फाणो’ बनाउने तरिकाः
१ रात पहिला नै मासको दाललाई भिजाउने र बिहान मिचेर बोक्रा पखाल्ने । राम्ररी सफा हुनासाथ दाललाई सिलाउटो या ब्ल्यान्डरमा पिस्ने र आधा–आधा गरी २ भाग लगाउने । आधा भागमा पानी मिसाएर घोल्ने र एक साइड लगाउने । जिरा, धनियाँको गेडा, अदुवा, लसुन, सुकेको खुर्सानी, मरिच हालेर सिलाउटो या ब्ल्यान्डरमा मिस्ने । बाक्लो कराइमा तेल तताएर थोरै जिरा फुराएर काटेको प्याज हालेर ब्राउन बनाउने । पिसेको मसला, बेसार हालेर कम आचमा भुट्ने ।

पानी हालेर घोल बनाएको दालको प्युरी हालेर उमाल्ने र स्वाद अनुसार नून हालेर हल्का चलाउने । उम्लन थालेपछि अर्को आधा मासको पेस्टलाई हातको सहायताले मस्यौरा जसरी सानो–सानो थोप्ल (डम्लिङ्ग) बनाएर उम्लेको फाणोमा खसाल्ने । मासको पेस्टलाई उम्लेको फाणोमा हालेर बन्ने परिकारलाई नै डुप्का भनिन्छ ।

१० मिनटजति स्लो फायरमा पकाउनासाथ काटेको धनियाँ र अमिलो हालेर खाना या खाजासँग डुप्क्या फाणो पस्कन सकिन्छ ।

@दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...