Sunday 27th September 2026

कुवेतमा नक्कली वेबसाइट संगै, ठगी गर्ने गिरोह सक्रिय, सरकारद्वारा सचेत रहन आग्रह


तितोपाटी- पछिल्लो समय कुवेतमा नक्कली वेबसाइट संचालन गरी ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ।

कुवेत आन्तरिक मन्त्रालयद्वारा कुवेत नागरिक र आप्रवासीहरुलाई उक्त कुराको जानकारी गराएको छ।

मन्त्रालयले कुवेतमा रहेर नक्कली वेबसाइट सन्चालन गरीरहेको र गिरोहले ग्राहकलाई सम्पर्क गरी विभिन्न प्रलोभनमा पारी बैंकको विवरण माग्ने गरेको बताएको छ।

मन्त्रालयका अनुसार यदि यस्तो कही कतै फोन आएको भए पनी आफ्नो बैंक विवरण कसैलाई पनी दिन नहुने भन्दै गिरोहहरु बाट सावधान रहनु पर्ने बताउदै आन्तरिक मन्त्रालयले जनतालाई निजी बैंकको डाटा चोर्ने उद्देश्यले यस्तो जालसाजी अभियानलाई प्रतिक्रिया नदिन आग्रह गरेको छ।

कुवेतमा ठगहरू आफ्नो जुक्ति बलियो पार्न र प्रहरीको फन्दाबाट बच्न विभिन्न उपाय अपनाइरहेका हुन्छन् । कहिलेकाहीँ त बढी फाइदा देखेर लोभिनेहरू ठगिन पुगेका छन् ।

कुवेतमा बसेर ठगी धन्दा चलाउनेहरूले नयाँनयाँ जुक्ति, प्रविधि तथा बहाना बनाएर आफ्ना गतिविधि दिनानुदिन बढाउँदै लगेको पछिल्ला दिनहरुमा हामीहरुले देखीरहेका छौ। तसर्थ सतर्क रहनु हाम्रो मुख्य ज़िम्मेवारी हो।


सम्बन्धित शीर्षकहरु

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

प्रतिकृयाहरू
...