Wednesday 29th July 2026

राष्ट्रिय क्रिकेट टोलि मङ्गलबार ओमान प्रस्थान गर्ने


तितोपाटी- नेपालको राष्ट्रिय क्रिकेट टोलि आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न आगामी मङ्गलबार ओमान प्रस्थान गर्ने भएको छ । नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले ब्यवस्थापकसहितको २२ सदस्यीय टोलि मङ्गलबार प्रस्थान गर्ने बताउनुभएको छ । संघका सचिब प्याकुरेलका अनुसार टोलिमा १७ जना खेलाडी र पाँच जना ब्यवस्थापक रहनेछन् । प्रमुख प्रशिक्षक डेभ वाटमोर, ब्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमण सिवाकोटी, फिजियो बिक्रम न्यौपाने र नवनियुक्त ट्रेनर काशिभाई गोहिल ब्यवस्थापकीय टोलिमा रहनुहुनेछ ।
टोलि भाद्र आठ गते मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ्लबाट सलाम एयरले ओमान प्रस्थान गर्नेछ । नेपालले ओमान अमेरिकासम्मिलित त्रिकोणात्मक एकदिबसीय श्रृखंला खेल्नेछ । उक्त श्रृखंला सेप्टेम्बर १३ मा सुरु हुनेछ । सेप्टेम्बर २० मा सम्पन्न हुनेछ । नेपाल विश्वकप क्रिकेट लिग २ को छैठौं स्थानमा छ । ओमान हुने श्रृखंला जितेर नेपाल अङ्कतालिकामा माथि उक्लिन प्रयासरत रहनेछ । नेपालले हालसम्म चार खेलमध्ये मात्र दुईमा जित हात पारेको छ । ओमानले भने दश खेलमध्ये आठमा जित हात पारेर शीर्ष स्थानमा छ ।

गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...