Wednesday 12th November 2025

कुवेत स्वास्थ्य मन्त्रालयद्वारा ९१ हजार भन्दा बढी आप्रवासीहरुको खोप प्रमाणपत्रको स्वीकृत


तितोपाटी- कुवेत स्वास्थ्य मन्त्रालयद्वारा कुवेत भन्दा बाहिरका विभिन्न देशहरुमा जारी टीकाकरण प्रमाणपत्रको लागी हाल सम्म ९१ हजार ८०५ जनाको खोप प्रमाण पत्रलाई स्वीकृत दिएको छ।

अनुमति संगै ९१ हजार कुवेत बाहिर रहेका आप्रवासी अब कुवेत आउन पाउने भएका छन।

हाल सम्म कुवेत स्वास्थ्यमन्त्रालयको प्लेटफर्ममा एक लाख ६५ हजार १४५ जनाले आफ्नो पप्रमाण पत्र पेश गरेका थिए जस मध्य ९१ हजार ८०५ जनाको मात्रै प्रमाण पत्र स्वीकृत गरिएको अलरायलाई उद्धत गर्दै अरब टाइम्सले जनाएको छ। अन्य ५२ हजार जनाको भने प्रमाण पत्र खारेज गरिएको छ। खारेज गरिएका हरु मध्य उक्त ५२ हजार ९६३ जनाको खोप प्रमाणपत्र अस्वीकार गर्नुको कारण खोपको प्रकार, दुबै खोप खुराक प्रमाण पत्र अपलोड गर्न असफल हुनु वा क्यूआर कोड नभएको जनाएको छ। स्वास्थ्य मन्त्रालय कुवेतले दर्ता गर्दा सम्पूर्ण कुराहरु पूर्णरूपमा जानकारी गराएर पुन दर्ता गर्न अनुरोध समेत गरेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...